अब तराई हैन मधेस भनौ !!!!!!!

‘तराई’ होइन, यँहा भन्न खोजिएको मानव बसोवासको लक्षित प्रदेशको यथार्थ नाम “मधेस” हो राज्यको आधिकारिक शब्दकोशले तराईलाई पहाड मुनिको फराकिलो समतल भूभाग भनेको छ यसलाई झोडा वा खोरिया भने पनि हुन्छ, जसको अर्थ जंगल फादर तत्काल बनाइएको क्षेत्र पनि हो मिथिला , सिम्रौनगढ, तथा कपिलवस्तु जस्तो प्राग एतिहासिक मानव बसोवासको क्षेत्रका लागि यथार्थमा तराई होइन मधेस वास्तविक सम्बोधन हो मधेसको पौरानिकता मध्यदेशबाट नि:सृत भै आएको छ मनुस्मृतिका अनुसार पनि प्राग एतिहासिक आर्यवर्त नै मध्यदेश हो, जसको विस्तार उत्तरमा हिमालय, दक्षिणमा विंधय पर्वत तथा पुर्व र पशिममा समुन्द्रतट सम्म थियो

बाह्रौ शताब्दी सम्म प्रचलनमा मध्यदेश यहि नै हो शुक्ल यजुर्वेद माध्यन्दीन शाखाका मन्त्र द्रष्टामहर्षि याज्ञवल्क्यले भने झै

भागरिथा उत्तरस्याँ दक्षिणस्याँ हिमालयात !

गण्डकी कौशिक्योन्चौव प्राक्प्रत्यड़ मिथिला स्मृता !!

अर्थात् भागिरथी गंगादेखि उत्तर, हिमालयदेखि दक्षिण, गण्डकीदेखि पुर्व र कोशीदेखि पश्चिमको भूभाग मिथिला हो, जुन मध्यदेशका एक जनपद हुन्

मध्य देशमा यस्ता अनेकन जनपदहरु थिए हरेक जनपदको आफ्नै मौलिक भाषा थियो:

कुरुमा खडाबोली,

पंचालमा कन्नौजी,

शुरसेनमा ब्रजभाषा,

कोसलमा अवधी,

काशीमा भोजपुरी,

विदेहमा मैथिली,

मगधमा मगही,

अंगमा अंगी,

दक्षिण कोसलमा छतीसगढी,

वत्समा बघेली,

चेदीमा बुंदेली,

अवनतिमा मालवी र

मत्स्यमा जयपुरी भाषा आदि यी प्रदेशहरु हाल भारतका विभिन्न राज्यहरुमा पर्दछन र आज पनि यी स्थानहरुमा उपर्युक्त भाषाहरुको प्रचलन र प्रयोग छ

नेपालको वर्तमान मधेस त्यहि प्राग एतिहासिक मध्यदेशको हिमालय भन्दा दक्षिण तथा गंगा उत्तरको भाग हो

यो बि .स. २०१६ साल पछी मुलुकको उत्तरी क्षेत्रहरु बाट भएको अप्रवासनको कममा सुकुम्वासीहरुले फदेको झोडा होइन नट कामको खाजीमा भारतीय राज्यहरु बाट आइ फाटफुट रुपमा बसेको एक आध टोल नै मधेस हुन् राज्यले यस प्रदेशको त्यो पौराणिक मौलिकता नाझाल्कोस भनेर यसलाई नियतवश तराई भन्दछन अब हामी यस भूभाग लाई नेपाल को “मधेस” भनौ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: