थारू जातीको एक चिनारी !!

थारु जातिमा प्रचलित थरहरु :

थारुहरुमा धेरै थरहरु प्रचलित पाइन्छ ! चौधरी थर पूर्वदेखि पश्चिमसम्म सबै क्षेत्रका थारुहरुले लेखाउँदै आएका छन् ! चितवन तिर महन्त र महतो, कसै-कसैले महत र पश्चिमतिर सुनाहा वा दहित लेखाउने गर्दछन !

चौधरी सरदार मण्डल खाँ तबदार
कठरिया भगत विश्वास लम्पुछिया पन्जियार
लालपुरिया कनफट्टा माझी थानदार सिंह
बछार कडरिया थारू धामी रौतार
राय महन्त सोलरिया दहित सुतियार
कानगोई बाँतर महतो डंगौरा जोगी
गच्छेदार खवास लेखी सुनाहा राना
गौरो

थारु समुदाय र तिनीहरुको एतिहासिक झलक :

मधेसको पूर्व झापादेखि पश्चिममा कंचनपुर  तथा  सुर्खेत उपत्यका सम्म बसोबास रहेका थारूहरु नेपालका पुराना बासिन्दा हुन, यस दुईमत नहोला !  मधेसको उत्तरी भाग र चूरे महाभारत बिचसम्म यिनीहरु आबाद छन्  ! सन २००१ को जनगणनामा पन्द्र लाख चौतीस हजार जनसंख्या रहेको थारू मधेसमा सबै भन्दा बढ़ी जनसँख्या भएको एउटा पुरानो जनजाती हो ! थारूहरुको अध्यन गर्न वा सम्पूर्ण थारू जातीलाई चिन्न विभिन्न क्षेत्रका थारूका बारे मा जान्नु पनि उतिकै जरुरी छ उदाहरणका लागी पूर्वका थारूहरु मैथिल संस्कृति भएका जात जाती संग बढ़ी घुलमिल छन् र मैथिलि बोल्न र बुझ्न सक्छन भने कपिलवस्तुदेखि पश्चिमका थारू अलि बेग्लै स्वाभाव भएका छन् र बेग्लै भाषा बोलने गर्छन ! पूर्वको अनुपातमा पश्चिमका थारूहरू नीकै सोझा र कमजोर सामाजिक – आर्थिक अवस्थाका छन् ! मोरंगिया ( सुनसरी-मोरंग), सप्तरी – उदयपुरदेखि पर्सा , चितवनदेखि कपिलवस्तु र दांगदेखि पश्चिम गरी चार क्षेत्रमा बसोबास गर्दै आएका थारूहरु  बिच सामाजिक , सांस्कृतिक र आर्थिक अवस्था फरक फरक पाइन्छ ! थारूहरुको इतिहासका सम्बन्धमा हालसम्म विद्वानहरुमा एक मत छैन !

इस्वी संवतको एघारौ शताब्दीमा मुस्लिम इतिहासकार अलबेरुनी तिलवट मुलुकको बारे उल्लेख गरेका छन् जंहा कालो वर्ण र थेप्चे नाक भएका तुर्क जस्ता देखिने तरु अर्थात तारु भन्ने निवासीहरूबसेका छन् भनेका छन् ! त्यस्तै सोर्हौ शताब्दीका तिब्बती भिक्षु र इतिहासकार तारा नाथले चम्पारनमा बस्ने Tha-ru’-brygud को उल्लेख गरेका छन्  ( थारु जतिको अध्यन , रजौर )
थारुका केही पक्ष हरु अध्यन गरे हो भने तिनीहरु इतिहास बारे केही अनुमान लगाउन सकिन्छ ! तर वैज्ञानिक प्रमाणनिता को अभावमा यसै हो भन्न सकिन्न ! सुदुरपश्चिमका राना थारुमा महिलाहरुको स्थान उच्च पाइन्छ ! मुस्लिम आक्रमण संगै यिनीहरुका पुरुष युध्दमा होमिए र पछी नोकर चाकर संग भागेर यता आएर तिनीहरुसंगै विवाह गरी बस्न थालेको भनाइ हालसम्म प्रचलित छ  हुन् सक्छ ‘थर’ बाट आएको राजपुतरमणी र उनका भृतय एवमं स्थानीय बासिन्दाका संकर सन्तति पनि थारु समाजका होउन ! ( जनक लाल शर्मा , २०५८ ) पश्चिममा यिनीहरुको मूल बसोबास दांग-देउखुरी हो र यंहीबाट पछी कैलाली – कन्चनपुर् सम्म फैलिएको पाइन्छ ! त्यस्तै पूर्वमा कोशी वारी र मध्यमधेसका  जिल्लाहरुमा थारुहरु  खाँ थर लेख्दछन ! सप्तरी देखि पर्साका थारुहरु आफुलाई कोचिलाका थारु भन्न रुचाउ छन् ! सम्भवत: गौरवशाली कोच राज्य र त्यँहाको सम्बन्ध वा त्यँहाबाट विभिन्न कारणवश आएको हुनाले आफुलाई कोचिला भनेको हुनु पर्दछ वा पहिले कोचिला राज्य र वंश हुनुपर्दछ ! केहि तिरहुतिया पनि भन्दछन ! त्यस्तै राजवंशीहरु पनि आफुलाई कोचिला भन्दछन ! थारुहरुको बसोबास मधेसको उत्तर र चुरे क्षेत्रका  घना जंगल डर लाग्दा जंगली जनावरहरु र मलेरियाको प्रकोप हुने ठाउंहरुमा पाइन्छ !

केहि विद्वानहरुले शाक्यवंशी सन्तानका रुपमा थारु जतिलाई चित्रण गरेको पाइन्छ ! प्राचिन कपिलवस्तु राज्यको अवस्थिति तथा थारुहरुको यस क्षेत्र मा बसोबास र यिनीहरुको शान्ति प्रिय स्वभाव लाई हेर्ने हो भने यिनीहरु शाक्यवंशका सन्तान हुन् भन्ने कुरा मान्न सकिन्छ ! बुद्धको समयमा राप्ती नदी आसपासमा कोशल राज्य रहेको उल्लेख छ ! थारु हरुको यस सँगको सम्बन्ध  के – कस्तो हुन् सक्छ , अध्यन हुनु आवश्यक छ ! तर अच्चमको कुरा त के भने थारुहरुमा बौध धर्मको अलिकति पनि प्रभाव कंही भेटिदैन ! बौध धर्म ग्रन्थ मा पनि थारुहरु सम्बन्धी केही उल्लेख पाइदैन ! यसबाट दुई कुराहरु अनुमान लगाउन सकिन्छ ! थारुहरुको आगमन यस क्षेत्रमा पछिल्लो समयमा भएको हुनु पर्दछ या त् हालका थारुहरु पहिले अर्को  नामबाट चिनिन्थे  होला र पछी थारु जातिका  रुपमा प्रसिद्ध हुन् पुगे ! यसकालागि बैज्ञानिक खोज अनुसन्धानको जरुरी छ ! नेवारका शाक्य र ज्यापू  तथा थारु बीच को सांस्कृतिक र एतिहासिक अध्यनबाट पनि केही कुरा थाहा पाउन सकिन्छ होला !

यी सब कुराहरुलाई विचार गर्ने हो भने एउटा सम्भावना भनेको थारुहरु निकै पहिले मुस्लिमहरुको बढ्दो प्रभाव वा अन्य कारणहरुबाट सुरक्षित स्थानको खोजिमा यस क्षेत्र सम्म आएको हुन् सक्छ ! भारतमा मुस्लिमहरुको प्रभाव संगै ‘थार’ क्षेत्रबाट सुरक्षित स्थानको खोजीमा यँहासम्म आएको भनाइ सुन्न पाइन्छ ! थार क्षेत्रबाट आएकाले थार , थौर र पछी थारु कहलिन थालेको हुनुपर्दछ ! थार र थारुको सम्बन्ध खोजीको बिषय हुन् सक्दछ ! सम्भवत: राजपुतहरुको उदय संगै र राजस्थानमा मुस्लिमहरुको प्रभाव संगै यिनीहरुको आगमनको समय मान्न सकिन्छ ! आठौ -दसौ इस्वीलाई आगमनको समय मान्न सकिन्छ ! त्यस्तै हालका थारु र प्राचीन तुर्क जाती संगको सम्बन्ध के-कस्तो थियो अध्यन हुनुपर्दछ ! खाँ थर तुर्कबाट आएको मानिन्छ , नेपालका शाह वंश पहिले खाँ थिए भन्ने कुरा सुन्न पाइन्छ ! तुर्कहरु मध्यएसियाको घाँसे समथर मैदानबाट भारत सम्म आएका हून ! मुस्लिमहरुको आक्रमण सँगैभारत को तराईको समथर भाग हुदै नेपालसम्म आएको हुनु पर्दछ ! यिनीहरु घाँसे मैदानबाट आएकाले नै नेपालमा जंगल छेउछाउ घाँसे मैदानमै बस्न पुगेको  हुन् सक्दछ ! वर्णको हिसाबले पनि थारु सँग नजिक मानिन्छ ! कँही-कतै सेनवंश सँग थारुहरुको सम्बन्ध थियो भनिन्छ ! यी सब कुराहरुको बैज्ञानिक पद्धति बाट अध्यन -अनुसन्धान  भएमा नया कुरा आउन सक्छन !

थारुहरु गौतम बुद्ध र सम्राट अशोकका सन्तान हुन् ! गढीमाई तलुजा भवानी ( कंकालिनी माई) को मन्दिर सिम्रौनगढमा अवस्थित छ र यसको पुजारीमा थारु  रहेका छन् ! ( सुबोध कुमार सिंह, सन् २००७) यसका आधारमा कर्नाटवंशीयहरु कर्नाटबाट आएको कुरा बताउदै आएका छन् र यो  प्रमाणित पनि भैसकेकोछ ! तर अच्चमको कुरा त के छ भने कर्नाटवंशीयहरुको पतन पछी हरि सिंह देवले आफु सँगै काठमाडौं उपत्यका ल्याएका आठ जातिमा थारुहरुको कंही कतै उल्लेख छैन ! त्यस्तै मौर्यहरु पनि थारु नै थिए भनेर सिंह दाबी गर्छन!

गढीमाई तलुजान भवानी ( कंकालिनी माई ) को मन्दिरको पुजारीमा थारु भएबाट यिनीहरुलाई पुरानो मान्न सकिन्छ, तर सेनवंश पनि थारु जतिका हुन् भन्नु खोजीको बिषय हुन् सक्छ !
जनक लाल शर्माले “नेपाली समाज एक अध्यन मा थारुहरु बृज्जि अर्थात् दक्षिणमा बस्ने समाजलाई घृणास्वरूप बज्जि भन्दछन र थारुहरुको भोटान्तिक समाज सँग विवाह थियो भनेका छन् ! पूर्वी मधेस र रुपन्देही तिर यस सम्बन्धि थारुहरु सँग सोध्दा सबैले अनभिज्ञता प्रकट गरे ! दक्षिण तिरका वर्णव्यवस्था भएका जातिहरुबाट थारुको संस्कृतिक, सामाजिक र आर्थिक पक्ष नकारात्मक प्रभाव पर्ने किसिम बाट खासै हस्तक्षेप भएको पाइदैन ! बरु उत्तर तर्फबाट झरी आएका चलाख र उच्च जाति प्रति घृणा र आक्रोश पाइन्छ ! यिनीहरुमा कोचिला प्रतिको गर्व र राजपुत प्रतिको झुकावले पनि यिनीहरुको दक्षिणका जातीय व्यवस्था भएका जातिहरुसँग पहिलेदेखि सम्बन्ध थियो भन्न सकिन्छ ! थारु जाति र संस्कृतिका थारु लेखक गोपाल दहितले आफ्नो पुस्तकमा पहाडी लेखक हरुले थारुका  बारेमा सही किसिमले नलेखेको कुरा भनेका छन् ! पहाडी लेखक हरुले थारुहरुका बारेमा  लेख्दा यिनीहरुलाई दक्षिणका जातीय, वर्णव्यवस्था भएका जातिहरु सँग सम्बन्ध भएको नदेखाउने हरसम्भव प्रयास गर्दै आएका छन् ! तिनीहरु बीच फरक देखाउने र फोटो ल्याउने चतुर्याई हुदै आएको छ ! हाल सम्म राजा महेन्द्रको पहाडीकारण  मजबुत बनाउने हेतुले जनजाती बारे यँहाका लेखकहरुले लेख्दै आएका छन् ! सही समाजशास्त्रीय र मानवशास्त्रीय विधिबाट गहन अध्यन – अनुसन्धानको खाँचो देखिन्छ ! यदि यिनीहरुको भोटान्तिक समाजसँग सम्बन्ध हुन्थ्यो भने यिनीहरु कि माथि पहाड तिर उक्लेन्न त् ? यिनीहरु किन समथर र औलो भुमि रोजे त् ? थारु भित्रका उपजाति र यिनीहरु बस्ने ठाऊँ नामहरु पनि पूर्णत: भारोपेली भाषा अन्तर्गत पर्दछन ! थुप्रै अनार्य जातिहरु पनि हिन्दु भएर उच्च जातिमा समावेश भएको कुरा इतिहासमा पढ्न पाइन्छ ! यी कारणहरुले पनि यिनीहरुको भोटान्तिक समाज सँग सम्बन्ध थियो भन्ने कुरामा खासै दम देखिदैन ! केहि मानिसहरु थारुलाई मंगोल मूल पनि भन्दछन ! तर मंगोल मात्र शतप्रतिशत नहुन सक्छ ! केहि थारुहरु मंगोल आर्य मिश्रित पनि पाइन्छन् !

यिनीहरुको वर्ण र रहनसहनले पनि यिनीहरु मूलरुपमा मधेसको हावापानीबाट आएका हुन् सहजै भन्न सकिन्छ ! सत्य के हो भने थारुहरुको केही संख्या चितवनदेखि कैलालीबाट दक्षिण तर्फ भारतको उतर प्रदेश र उतरांचलमा पनि रहेको छ! उतर प्रदेशको चम्पारण जिल्लामा रहेको थारुका बारेमा श्रीनिवास र रन्जनले गरेको अध्यनबाट थारुहरुको संख्या दक्षिण तिर पनि रहेको छ भन्ने बुझाउँछ ! दांगका सम्पन्न थारुका छोराछोरीहरु उतै पढ्न जाने गरेको कुराले पनि यिनीहरुको सामाजिक सम्बन्धलाई दक्षिणसँग छैन भन्नु उपयुक्त हुदैन ! शाक्यवंशीका सन्तान भएकाले नै उनीहरु आफुलाई क्षत्रिय भनेको हुन् सक्ने तर्क श्रीनिवास र रन्जनको रहेको छ ! भारततिरका थारुहरु तुलनात्मक रुपले सम्पन्न मानिन्छ !

थारुहरु मैथिली, भोजपुरी र पश्चिमतर्फ अवधी र थारु भाषा बोल्दछन ! भाषाको सवालमा पुर्व झापादेखि पर्सामा मैथिली, मध्यतर्फ भोजपुरी र पश्चिमतर्फ अवधि भाषाको विशेष प्रभाव रहेको छ! थारु र अन्य मधेसी मुलका मानिसहरुबिच भाषाको समस्या छैन ! एकअर्काको भाषा सजिलै बुझ्दछन ! पुर्व तर्फ ठाडो किसिमको मैथिली बोलिन्छ ! मोरंगिया (पहिले सुनसरीलाई मोरंगमा राखिएको थियो) थारुहरुको भाषा आफ्नै किसिमको केही फरक छ ! तर मैथिलीसँग निकै मिल्दछ ! सप्तरीदेखि पश्चिम वागमतिसम्मका थारुको भाषा ठाडो मैथिली किसिमको छ ! त्यँहाको प्रभावले त्यसो भएको हुन् सक्दछ ! वागमतिदेखी रुपन्देहीसम्म भोजपुरीको प्रभाव रहेको छ ! चितवनको थारु भाषा केही फरक रहेको पाइन्छ ! नवलपरासी-कपिलवस्तु तिरका थारुहरुको भाषा सम्बन्धि सोध्दा सबैले भोजपुरी भाषा भनेको थिए ! दांगदेखि पश्चिम का थारुहरुको भाषा केवल थारुहरुले बोल्ने थारु भाषा हो ! तर पुर्व र पश्चिमका थारुहरुको समान भाषा भने छैन ! थारुहरु आफ्नो भाषालाई थारु भाषा भन्न रुचाउँछ!

पुर्वी तथा मध्यमधेसमा थारुहरु मधेसका जातीय समुहहरुसँग सम्पर्कमा रहनाले यिनीहरुको शिक्षाको स्तर राम्रो रहेको मान्न सकिन्छ ! तर जनसंख्याको अनुपातमा यसलाई राम्रो मान्न सकिदैन ! जनसंख्याको अनुपातमा शिक्षाको स्तर ज्यादै खराब मान्नुपर्छ! शिक्षाको सवालमा सप्तरी देखि पर्सासम्मका थारुहरु अन्य ठाउँका थारु भन्दा अगाडी छन् ! यस क्षेत्र का थारुहरुले राजपुतहरुले लेखाउने सिंह थर लेखेबाट यिनीहरु आफुलाई अरु जातिका भन्दा कम ठान्दैनन् भने बुझ्न सकिन्छ ! यस क्षेत्रका थारुहरु बयालीस / पेशागत जतिको संस्कृतिबाट निकै प्रभावित हुदै आएका छन् र त्यसलाई अनुसरण गर्दै आएका छन् ! त्यसपछी सुनसरी, मोरंग र झापाका थारुहरु पर्छन ! पश्चिमका थारुहरुमा अशिक्षाले जरा गाडेको छ ! स्वभावले थारुहरु ज्यादै सोझा र इमान्दार हुन्छन ! राणाकालअघिसम्म यिनीहरु सयौं बिघाका मालिक थिए ! जग्गा जमिनको कुनै कमि थिएन ! औलो उन्मुलनपश्चात मधेसमा विकाशको ढोका खोलिदियो ! यससँगसँगै भूमिसुधार कार्यक्रम ल्याइयो ! तर यसले किसानको जग्गालाई संरक्षण गर्नुको सट्टा यस बाट धेरैले गुमाउनुपर्यो    भने पहाडबाट झरी आएका टाठाबाठाहरुले फाइदा लिए ! पहाड र मधेसका जनजातीहरुको कथाव्यथा लगभग उस्ताउस्तै छ ! पहाडी उच्च जातिहरुले त यसको ठुलै मुल्य चुकाउनुपरयो ! स्वयम राज्यद्धारा नै यस्ता कार्यहरु गर्न प्रोत्साहन गरेको कुरा चाँही सबै भन्दा खड्केको कुरा हो !

२०६३ सालको कुरा हो , भालुवाङमा त्यंहाका एक ठेकेदारबाट नेपालमा सबैभन्दा बढी श्रमिक ( लेवर काम गर्ने) आपूर्ति दांगबाट र त्यसमा पनि थारुहरु रहेका कुरा थाहा भयो ! रसुवा को मैलुंग जलविधुत लागि त्रिशुली को किनारैकिनारको बाटो खन्ने कामका लागि दुई-अढाई सय दाङ्का थारुहरु खटिएको थियो  र यस बाट पनि थारु हरुको अवस्था कस्तो रहेको बुझ्न सकिन्छ ! लाखौं संख्यामा रहेका कमैयाहरुको स्तिथि त झन भयावह छ ! तिनीहरुसँग आफ्नो जग्गा-जमिन छैन ! पुर्व –पश्चिम राजमार्ग खुलेपछि मधेसमा आर्थिक गतविधि तीव्र हुन् थाल्यो ! राजमार्ग मधेसको उतरी क्षेत्र विशेष गरी थारुहरुको बसोबास हुदै गए पनि यसबाट यिनीहरुले अपेक्षाकृत कुनै फाइदा लिन नसकेको देख्न सकिन्छ ! बरु राजमार्ग वरपर पहाडेहरुको बस्ति बढ्दै गयो र उनीहरु यसबाट फाइदा लिए ! मधेसमा थारु बस्तीमा रहेका चितवन राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्ज, शुक्लाफाँट निकुन्ज तथा कोशी टप्पु महत्वपूर्ण पर्यटन क्षेत्र रहँदारहँदै थारुहरुले यसबाट केही फाइदा लिन नसकेको देखिन्छ ! माथिबाट झरेका चलाख मानिसहरुले फाइदा लिदैं आएका छन् ! थारुहरु हाती चलाउनमा सिमित छन् त्यंहाको होटल व्यवसायमा थारुहरुको कुनै उपस्थिति देखिदैन ! पहाड र हिमालका पर्यटकीय क्षेत्र मा त्यँहीका जनजातीहरुले फाइदा लिदै आएका छन् भने मधेसमा ठिक उल्टो रहेको छ ! यसबाट पनि थारुहरुको सोझोपनबाट कसरी अरुहरुले फाइदा लिदै आइरहेका छन् र थारुहरु कसरी आफ्नै साधन जानु नितान्त आवश्यक छ ! राणाकालीन जातीय वर्णमा मासिने मतवाली अर्थात् दास बनाउन मिल्ने श्रेणीमा राख्नाले पनि यिनीहरु पछी पर्न गए !

यसरी थारुहरुको इतिहास तथ्यगत रुपमा स्पष्ट भेटिदैन ! कहिले मौर्य, कहिले बुद्ध, अशोध, सेनवंश, चितौड र थार मरुभूमिमा घुमिरहेको छ !

थारुहरुको जनसंख्या-

नेपालका थारु जातिहरु यस्ता जाती हुन् जो मधेसका हरेक जिल्ला र पहाडी जिल्ला ( सुर्खेत) सम्म बसोबास गर्दछन ! चुरे क्षेत्रका उपत्यकाहरु दांग र माडी तथा उदयपुरको उपत्यका क्षेत्रका पुराना बासिन्दा मध्ये एक हुन् ! सन् २००१ को जनगणनामा करिब पन्ध्र लाख भन्दा बढी थारुहरु भएको उल्लेख पाइन्छ !

सामाजिक स्तरीकरण र बनावट–

थारु समाज भित्र आफ्नै किसिमको स्तरीकरण रहेको छ ! थारुहरुको सामाजिक बनावट को अध्यन गर्न थारु समुदाय को सम्पूर्ण अध्यन पुरा हुन्छ ! ति हुन् – मोरंगिया ( कोशिपुर्व का थारुहरु ), कोशीदेखि पर्साका कोचिला / तिरहुतिया थारु, चितवनदेखि कपिलवस्तु सम्मका थारु र पश्चिममा थारु (दांग वा सोभन्दा पश्चिमका) ! तर हामीकहाँ पश्चिममा थारु र केही मात्रामा खोशी पुर्व का थारुको अध्यन गरेर सम्पूर्ण थारु जाती लाई चिन्ने गल्ती हुदै आएको छ !

नेपालको थारु समुदाय

यी चार मध्ये मोरंगिया, कोचिला र चितवन –कपिलवस्तुका थारु पश्चिमको तुलनामा विकसित र हिन्दु जातीय व्यवस्था बाट निकै प्रभावित र त्यसलाई ग्रहण गर्दै आएको पाइन्छ ! पश्चिमका थारुहरु कम विकसित छन् र सामाजिक र आर्थिक रुपमा पिछिडिएका पनि छन् ! मोरंगिया थारुमा पनि तिन उपसमुहहरु रहेका छन् – मोरंगिया , सप्तरी मुलका मोरंगिया र रौतार, खवास, खडर, हेलठेलिया तथा लम्पुछिया ! पहिले यी समूहहरुबीच विवाह चल्दैन थियो, तर अहिले सबै थारुमा विवाह चल्दछ!

प्रथम र तेश्रो कोटिका थारुहरु कोशीपारिका प्राचिन थारुहरु हुन् ! पहिले सुनसरी छुटै जिल्ला थिएन, मोरंग अन्तर्गतै पर्दथ्यो ! त्यस कारण कोशी पुर्वका थारुहरुलाई मोरंगिया थारु भनिदै आएको हो ! दोस्रो समुहका थारुहरु पछी सप्तरी बाट आएकाले यिनीहरुलाई सप्तरीया थारु भनिन्छ ! यी थारुहरुको बसोबास पर्सासम्म भेटिन्छ ! शिक्षाको क्षेत्रमा सप्तरीया थारु अगाडी मानिन्छन् ! सप्तरी देखि पर्सा सम्म थारुहरु धेरै अर्थ मा मैथिली संस्कृति बाट कुनै न् कुनै रुपमा प्रभावित हुदै आएका छन् र ग्रहण गर्दै आएका छन् ! यस क्षेत्र का थारुहरु आफुलाई कोचिला भन्दछन ! यस भित्र लेखी, पंजियार र खाँ थर भएका थारुहरुको बसोबास पाइन्छ ! लेखी उपसमूहका थारुहरु सामाजिक रुपमा उच्च मानिन्छन् ! यस भित्र पनि उपसमूह हरु रहेका छन् ! यिनीहरुमा रक्तसम्बन्धबाहेकमा  तिन देखि सात पुस्ताबारेर विवाह गर्ने चलन छ ! वास्तवमा सप्तरीदेखि पर्सासम्मका थारुका बारेमा हालसम्म कमै अध्यन भएको छ ! यिनीहरु मैथिली र भोजपुरी संस्कृतिसँग बडो घुलमिल को अवस्था मा बस्दै आएका छन र आफ्नो मौलिकतालाई पनि बचाउन सफल देखिन्छन ! पूर्वतर्फ गाउँ को मुखिया लाई गच्छेदार भन्ने गरिन्छ, तर अहिले अपभ्रंश भएर गह्दार भनिन्छ ! समाजमा केही समस्या आयो वा ग्रामदेवताको पूजा गर्नु परयो भने त्यसका लागि व्यवस्था गरिदिने काम यिनीहरुको हुन्थ्यो ! सप्तरीतिर जेथरैतहरुले पुजा गर्ने चलन छ !

चितवन – नवलपरासी- कपिलवस्तुतर्फ पछुवा/पश्चिमा , कठरिया, खंगडा, रौतार, खौसिया, कनफट्टा, कबर जोगी र दडोरिया प्रमुख रुपमा रहेका छन् ! यसका अतिरिक्त केही संख्या मा बाँतर र खवास थारु पनि रहेका छन ! कवर जोगी थारुले हलो जोत्नु हुदैन भन्ने मान्यता रहेको पाइन्छ ! पहिले-पहिले यी थारुहरु बिच विवाह चल्दैन थियो, तर अब विवाह चलन थालेको छ ! रौतार थारुहरुलाई पुर्बिया पनि भनिन्छ ! त्यस्तै नवलपरासीमा बस्ने थारुहरुलाई नवलपुरिया भनिछ ! कठरिया र पछीमा थारुहरु आफुलाई स्तरीकरणमा उच्च ठान्दछन ! कठरिया थारुहरु आफुलाई गौतम बुद्ध को नजिकका सन्तान का रुप मा मान्दछन ! तर बौद्ध धर्मग्रन्थहरुमा थारु जाती सम्बन्धि केही उल्लेख छैन ! नवलपरासी-कपिलवस्तुतर्फ  अहिले पनि धेरै थारुहरु जमिन्दार छन् ! तर यसै क्षेत्रका राजमार्गछेउछाऊका थारुहरुसँग जग्गा –जमिन निकै कम रहेको पाइन्छ ! यो हरेक ठाउँमा देख्न सकिन्छ ! चितवनमा महतो थरका थारु पाइन्छन्, तर केही थारुहरुले महतोलाई महत लेखाउन थालेका छन् ! चितवन का थारु लाई चितौनिया थारु भनिन्छ !

पश्चिम तिर दंगौरा, देउसुरिया, कठरिया र राना थारुहरु रहदैं आएका छन् ! दंगौरा (कैलाली र कन्चनपुरतिर दंगौरा पनि भनिन्छ) थारुहरु मूल रुपमा दांग –देउखुरीका थारुलाई भनिन्छ ! यिनीहरु बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा प्रशस्तै भेटिन्छ ! बाँके र बर्दियामा निकै पहिले दंग्बत गई बसेका थारुहरु अहिले देउसुरिया थारुबाट चिनिन्छन ! यिनीहरु अवधीभाषीबाट निकै प्रभाबित छन् ! कठरिया थारु बिशेष गरी कैलालीमा भेटिन्छन ! कैलाली-कन्चनपुरमा राना थारुहरु रहदै आएका छन् ! कठरिया र राना थारुमा धेरै समानता पाइन्छ ! यी चार उपसमूहभित्र पनि धेरै अरु उपसमूहहरु रहेका छन् ! त्यस मध्ये कटकिहा, दहित, सातगौवा, चमार, मझगैया आदी रहेका छन् ! उही उपसमूह मा विवाह चल्दैन !

वर्ण र रहनसहन –

मझौला कदका थारुहरु वर्णको हिसाब ले गँहुगोरा हुन्छन ! केही काला तथा नाक थेप्चो, बाक्लो ओठ र कस्सिएको मजबुत शरीर यिनीहरुको शारिरीक बनावटका बिशेषता हुन् ! पुर्व र पश्चिम का थारुको रहनसहन फरक छ ! पूर्वतिर पुर्व-पश्चिम दिशामा घर हुन्छ भने पश्चिमतर्फ उतर-दक्षिण दिशातर्फ मुख फर्काएर घर बनाइन्छ ! पश्चिम भन्नाले दांग र सोभन्दा पश्चिमलाई सम्झिनुपर्छ ! पुर्वतिर बिचमा आँगन र त्यसको वरपर घरहरु रहेका हुन्छन जुन मधेसका अन्य जातिहरुसँग मिल्दछ ! पश्चिमका थारुहरुको घरमा आँगन हुदैन, खुला आँगन रहेको हुन्छ ! पश्चिमतर्फ भान्साघरलाई भितर, देवता –कोठालाई देहुरार, सुत्ने कोठालाई कोनटी र पाहुना घरलाई ओबरा भनिन्छ ! ओबरा मूल घरबाट बाहिरपट्टि रहेको हुन्छ ! पुर्वी मधेसतर्फ देवता घर अर्थात् कुलदेवता रहेको घर लाई गोसाई घर भनिन्छ ! भान्साघरलाई भान्सा वा चुल्ही घर भनिन्छ ! पाहुना घरलाई दरबाजा, बसघरा वा दलानी भनिन्छ ! यो मूल घरबाहिर रहेको हुन्छ ! त्यस्तै गाईवस्तु राख्ने घर हुन्छ जसलाई गोहली भनिन्छ ! नवलपरासी-कपिल्वास्तुतिर गोठलाई घारी भनिन्छ ! मधेसका अन्य जातिसँग पूर्वका थारुहरुको रहनसहन लभग मिल्दछ ! घरहरु प्राय :  बाँसका भाटा र त्यसमाथि माटाले लिप्ने गरिन्छ ! थारुका घरका भित्तामा हुन्दु देवी –देवता र चराचुरुंगीका चित्रहरु कोरिएको हुन्छ ! घर – आँगन सफा हुन्छ ! फुस अर्थात् खरले छानो छाइएको पाइन्छ ! हिजोआज खरको सट्टा टाईलले घर छाईन्छ ! जंगल नजिक भएको ठाउँमा काठका घरहरु रहेका हुन्छन ! यस्ता घरहरु प्राय: दुई तलासम्मका हुन्छन ! पूर्वका थारु हरुको घरमा विभिन्न चराचुरुंगी र देवी देवता का चित्र हरु कोर्ने चलन छ भने पश्चिम तर्फ कम छ , तर अहिले पूर्वदेखि कपिलवस्तुसम्म हेर्दा पक्की घरहरु प्रशस्तै देख्न सकिन्छ !

थारुहरु हाँस, परेवा, कुखुरा, बाख्रा, र गाईवस्तु पाल्दछन् ! कहिँ-कतै विशेष गरी पश्चिम मधेस र उतर राजमार्गको छेउछाउमा बस्दै आएका थारुहरुले सुँगुर पनि पाल्दछन ! थारुहरु माछा मर्न खुबै मन पराउँछन् ! खोला-नदीको छेउछाउमा बस्ने थारुहरुको घरमा माछा मर्ने जाली देख्न सकिन्छ !

वस्त्र-आभूषण:

पूर्वका थारु हरुको परम्परागत वस्त्र पुरुषतर्फ धोति, चौबन्हा (माथि लगाइन्छ), गम्छा र महिलातर्फ अचरा खड्की ( जुन तलदेखि माथिसम्म ढाक्ने गरी लगाइएको हुन्छ) हुन् ! तर अहिले का विवाहित महिला हरुले साडी र ब्लाउज लगाउदछन ! पश्चिम मा पुरुष तर्फ लगौंटी, गन्जी, गम्छा र महिलातर्फ लहंगा ( (कम्मरमुनि लगाइन्छ, यो कालो-हरियो रंगको हुन्छ) र ब्लाउज (सर्ट जस्तै) परम्परागत वस्त्र हुन् ! कोशीदेखी कपिलवस्तुसम्मका थारुहरु कुर्ता सुरुवाल र विवाहिता महिलाहरु प्राय: साडी लगाउने चलन छ ! पुरुषहरु धोति र कमिज लगाउने गर्दछन !

थारु स्त्रीहरु गोदना गर्न र गहना लगाउन मन पराउछन् ! कानमा ठुला-ठुला प्वाल पारेर गहना लगाउछन् जसलाई लोरकलोसी र मछरिया भनिन्छ ! गलामा हसुली, जिझिर (सिक्काको माला), हातमा चुरा, ढोका पाखुरामा पाट, खुट्टामा पैरी, बाला आदी लगाउने चलन छ ! नाकमा नथुनी विशेषगरी विवाहमा लगाउने चलन छ ! नाक र कानमा बाहेक अरु गहनाहरु प्राय: चाँदीका हुन्छन !

जन्म, विवाह र मृत्युसंस्कार-

थारु जातिमा पनि जन्म, विवाह र मृत्युसंस्कारलाई उच्च महत्वका साथ मनाउने चलन छ ! पूर्वदेखि पश्चिमका सबै थारुमा छैटौ दिन मा छैटी अर्थात् छठीहार गर्ने गरिन्छ ! यसमा बच्चा र आमा लाई चोख्याउने गरिन्छ र कही-कतै राति आफन्तलाई बोलाएर भोज पनि गर्ने चलन छ ! तर सबै थारुमा छैटीकै दिन भोज दिने चलन छैन ! मधेसमा मुसलमानबाहेक सबै जातिमा छैटी गर्ने चलन छ ! छैटीउपरान्त मात्र आमा र बच्चा लाई चोखो भएको मानिन्छ ! छैटीपुर्व घटवा करैना आफ्नै घरका मान्छेले गर्दछन, यो दांग र पश्चिमका थारुमा गर्ने चलन छ ! पाँच वा छ दिनमा घटवा करैना गर्ने चलन छ जसमा बछ्को नाभी राम्ररी सुकिसकेपछी सुत्केरी आइमाईले घटवा अर्थात् घाट वा पानीको मुहानमा गएर नुहाइधुवाइ गरी गोबरको एउटा सानो थुप्रो बनाईत्यसमा सिन्दुर राखी पुजा गर्दछन र चोख्याईन्छ ! यसलाई छठठी पनि भन्न सकिन्छ ! बरही पनि गर्ने चलन छ ! बाह्रौ दिनमा भोज दिने चलन पश्चिमा रहेको छ ! कंही-कतै यसै दिन बच्चाको नामकरण हुन्छ ! पश्चिमतिर छठठीमा कंही-कतै ब्राह्मण  बोलाई पुजा गर्ने चलन पनि छ ! पाँच बर्ष भित्र बाछाको मुण्डन गरिन्छ, यसमा आफन्तहरुलाई भोज दिने चलन छ ! पश्चिमतिर मुण्डनलाई भ्वाज भनिन्छ !

नवलपरासी-कपिलवस्तुका थारुहरुमा छैटीको बिशेष महत्व छ ! बाह्रौ   मा आफन्तहरुलाई बोलाई भोज दिने चलन छ ! पूर्वतिर थारुमा मुण्डन अर्थात कपाल काट्ने चलन पनि छ ! नवलपरासी-कपिलवस्तुका थारुमा पनि मुण्डन अनिवार्य गर्ने गरिन्छ ! यो एकदुई बर्षभित्रै गरिन्छ ! अन्नप्राशन अर्थात् भातखुवाई थारुहरुमा गर्ने चलन छैन , तर केही सम्पन्न थारुहरुले गर्ने गर्दछन ! यसको कारण पहाडी प्रभावरहेको छ !

पुर्व र पश्चिम का थारु हरुमा विवाह संस्कार फरक फरक ढंगले गर्ने गरिन्छ ! पूर्वतर्फ मागी विवाह प्रचलित छ ! थारु जातिमा केटालाई केटी र केटीलाई केटो खोज्ने काम गर्ने लमिको भूमिका महत्वपूर्ण हुन्छ ! पूर्वतर्फ लमीलाई लारंग भनिन्छ ! केटा र केटी दुवैलाई थाहा नदिई हेर्ने चलन छ जसलाई बहरचक्क भनिन्छ ! त्यसपछी केटोतर्फ बाट केटीकँहा जाने गरिन्छ र सबै बसेको ठाउँमा आएर लोटामा पानि राखेर जान्छे ! यसरी केटी हेर्ने गरिन्छ यसलाई देखासुनी भनिन्छ ! त्यसपछी केटीको तर्फबाट विवाहको कुराकानी छिनोफानो गर्न केटाकँहा जाने गर्दछन ! यसमा सबै आफन्त र छिमेकीलाई लाने चलन छ ! तर अहिले नजिकका आफन्तहरु मात्र जाने गर्दछन ! केटाको तर्फबाट सबैलाई भोज दिनुपर्दछ ! यसमा थाल वा सुपमा सुपाडी पान, दुबो, मैन र टका (रुपीयाँ) राखेर दुबैबिच साटासाट गरिन्छ र सम्धी-सम्धी गला मिलाउछ्न ! यसलाई सम्धी जोडान भनिन्छ ! साटासाट गरिएका पान सुपारी पच्छीसम्म राख्नुपर्छ ! कुनै कारणवश विवाह हुन् सकेन भने पान-सुपाडी फर्काउनुपर्दछ ! यसलाई सहकटी पनि भनिन्छ ! यो विधिमा दुलहालाई पनि उपस्थिति गराइन्छ ! सहकटी भैसकेपछि केही समयको अन्तरालमा लारंगको सहयोगमा विवाहको दिन तोकिन्छ ! पहिले-पहिले सहकटी गरेको एक बर्ष पछी मात्र विवाह गर्ने चलन थियो , तर अहिले केही दिनको फरकमा विवाह गर्ने चलन छ ! तीन पुस्ता भित्र उही गोत्रमा विवाह गरिदैन ! विवाह मडवा ( मण्डप) मा गरिन्छ ! आँगनको बिचमा बाँस का भाटालाई रंग लगाई रंगीचंगी कागजले सजाइएको हुन्छ ! खर ले छाए को हुन्छ ! केराको थुम चारवटा कुनामा राखिएको हुम्छ ! मधेसका हरेक जातिमा मण्डप बनाएर विवाह गर्ने चलन छ ! विवाहमा जजमानी ब्राह्मण र लौवा बाभन (हजाम ब्राम्हण) दुबै हुन्छन ! मध्य्मधेसका थारुहरु विवाहमा ब्राह्मण अनिवार्य चाहिन्छ ! अहिले स्वयंवर गर्ने चलन बढ्दो छ ! स्वयंवरपछी मडवामा बिहे को रस्म सुरु हुन्छ ! विवाह रातको समयमा हुन्छ ! पूर्वका थारुहरुमा कन्यादान गर्ने चलन पाइन्छ ! बिहानै खाजा र कंही-कंही खाना खुवाएर बिदाई गर्ने चलन छ ! अहिले बालविवाह नगण्य रुपमा रहेको छ ! दाइजो को चलन कंही-कतै देख्न सकिन्छ ! पेसागत जातमा जस्तै पैसा माग्ने चलन नगण्य रहे पनि सामानहरु जस्तै मोटरसाइकल, टी.वी. आदि माग्ने चलन बढ्दो छ ! थारुहरुमा एक पति एक पत्नी र जीवनमा एक पटक विवाहको सिद्धान्त रहेको छ ! विवाहमा महिलाद्धारा थारु गीतहरु गाउने चलन छ ! यसरी पुर्वी र मध्य्मधेसमा विवाहको चौथो दिनमा चतुर्थी हुन्छ !

नवलपरासी-कपिलवस्तुतर्फ केटीको तर्फबाट केटो हेर्न जान्छन् र मन परेमा केही पैसा दिई बरछेकाइ (बर छेक्नु) गरिन्छ ! पुन: केटाको तर्फबाट केटीकँहा गई केटी हेरिन्छ र पैसा दिने चलन छ ! केटाले मन पराएपछी विवाह्लो मिति तोकिन्छ र विवाह हुन्छ ! विवाह हुनुपुर्व डिहीथान अर्थात् ग्रामदेवताकँहा अनिवार्य पुजा गर्ने चलन छ ! पश्चिमका थारुमा पूर्वको तुलना मा कम विधिहरु हुने गर्दछ ! पश्चिमतर्फ विवाहलाई भ्वाज भनिन्छ ! केटा र केटी दुबैको तर्फबाट विहेको कुरा चलाउने चलन रहदै आएको छ ! बालविवाह नगण्य छ ! प्राय: मागी विवाह नै हुने गर्दछ !  उहरी (भगाएर लैजाने ) विवाह पनि पाइन्छ ! केटीको तर्फबाट केटाको घर जाने चलन छ र विवाहको कुरा मिलेमा दुबै सम्धीले एकअर्काको निधारमा दहि –अक्षताको टिका लगाइदिने चलन छ, लेनदेन गरिन्छ ! लेनदेन स्वेच्छाले गरिन्छ ! केटि पक्ष बाट ल्याइएका समहरु केटा पक्षलाई दिइन्छ ! त्यही दिन खसी, बोका, कुखुरा, सुँगुर आदि काटेर गाउँलेलाई भोजभात खुवाउने चलन छ !यसबाट विवाह पक्का भएको बुझिन्छ ! केही दिनभित्र केटा सहित केटीको घरमा गएर टीका टालो गरिन्छ ! त्यसै दिन विवाहको साइत जुराइन्छ !विवाह मण्डपमा हुन्छ ! विवाह रातको समय मा नै हुने गर्छ, तर पहाडतर्फ दिनमा विवाह हुने गर्दछ ! यसो हुनुमा भौगोलिक अवस्था प्रमुख कारण हून सक्छ ! जेहोस विवाह सुरु हुनु पुर्व देवताकोठा देउहर्मा कुलदेवताको पुजा अनिवार्य गर्नु पर्छ ! बेहुलो सेतो जामा र पगरी लगाएर केटी कहाँ जाने गर्दछ ! बयालिस जातिमा झै दुलाहालाई स्वयम्वरमा लानु अघि पर्सने गरिन्छ ! कुलदेवता कहाँ पुजा सकिए पछी मण्डपमा विवाह हुन्छ ! विवाह ब्राह्मणद्धारा गरिन्छ ! जन्ती र बेहुला–बेहुलीलाई भोलिपल्ट खाजा वा खाना खुवाएर बिदाई गरिन्छ ! त्यसको बारह दिन भित्र दुलहा – दुलही केटी पक्षकहाँ आउने चलन छ !

थारुहरु मृत्युसंस्कार हिन्दु विधिअनुसार नै हुने गर्दछ ! यो अन्त्येष्टिलाई पश्चिमतिर सतगत भनिन्छ ! पूर्वका थारुहरुको मृत्युसंस्कार बयालिस/पेसागत जातिहरु झै गरिन्छ ! मृतक लाई खोलाको छेउ मा जलाउने चलन छ ! उतराइन दिशामा मृतकलाई राखी ज्येष्ठ पुत्रद्धारा दागबती दिने चलन छ ! जेठो छोरालाई कर्ता भनिन्छ, उसले सेतो कपडा लगाउनु पर्दछ, साथै नुन बार्नुपर्छ ! पश्चिमतिर मलामीहरुले लास जलाएर फर्किने बेला फर्कने बाटोमा काँडा लगाई वा बाटो मा कोदालोले खाडल खनी ( मुर्दाको आत्मालाई फर्कने बाटो छेकेको रुपमा) नुहाइधुवाइ गरि फर्कने चलन छ ! मलामी जानेले तीन दिनमा कपाल काट्ने चलन छ, अरुहरुले दस दिनमा ! नह्केश्देखी तीन दिन सम्म भोज दिने चलन छ ! बर्षमा एक पटक बरखी गरिन्छ ! जेठो चोरले जीवनभरी बरखी गर्नुपर्ने अनिवार्यता छैन ! तेह्रौ दिनमा कर्मकाण्ड समाप्त हुन्छ ! कंही-कतै बाह्रौ दिनमा पनि हुन्छ ! यिनीहरुमा एकदिन भोज दिने चलन छ ! सबै थारुहरुमा बर्षमा एक पटक बरखी बार्ने गरिन्छ ! दांग – देउखुरीका केही थारुहरुमा मृतकलाई गाड्ने चलन पनि छ , तर अहिले अधिकांशले जलाउने गर्दछन !

धामी-झाक्री र भूतप्रेत:

हरेकको घरमा कुलदेवता राख्ने चलन छ ! पूर्वतर्फ गोसाइघर भनिन्छ ! प्राय: गोसाइघरमा सुँगुर लाने चलन छैन ! त्यस्तै गाउँ पिच्छे ग्रामदेवता रहेको हुन्छ जसलाई बरमथान पनि भन्ने गरिन्छ ! पश्चिमतिर भयाँरथान पनि भन्ने गर्दछन ! यस्ता ग्रामथानमा गर्नेलाई पश्चिममा गरवा वा कसै-कसैले गुरुवा पनि भने गर्दछन ! पूर्वतिर ग्रामधामी भन्ने चलन छ ! सप्तरीतिर जैथरैत पनि भनिन्छ ! यिनीहरुले तन्त्र मन्त्र जानेका हुन्छन ! थारुहरुमा यस्ता पुजारीहरु जन्मजात हुने चलन छैन ! जसले तन्त्रमन्त्र र पुजापाठ गराउन सक्छन तिनीहरु धामी हुने चलन छ ! कुलदेवता र ग्रामदेवता लाई विभिन्न समय र उत्सव हरुमा पुजा गर्ने र सुँगुर, पाठापाठी, परेवा, हाँस आदिको बलि दिने चलन छ ! तर शिक्षित र सम्पन थारुहरुमा सुंगुरको बलि दिने प्रथा छैन ! कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिले यी देवताहरुको पुजा अनिवार्य मानिन्छ ! थारुहरुमा धामी र गरवाको उच्च स्थान रहदै आएको देख्न सकिन्छ ! नवलपरासी-कपिलवस्तुतिर धामीलाई ओझा वा सोखा भन्ने गरिन्छ ! त्यस्तै बोक्सीलाई टोनाहिन भनिन्छ !

अन्य मधेसी समुदायजस्तै थारुहरु पनि भूतप्रेतमा धेरै विश्वास गर्ने गर्छन ! पूर्वतिर बयालिस जातिहरुमा पाइने सबै खाले भूतप्रेतहरुप्रती थारुहरुमा विश्वास पाइन्छ ! विशेषगरी डायन, जोगिन र मसान भूतहर रहेका छन् ! सम्भवत: यिनीहरु जंगलको छेउछाउमा बस्दै आएका हुनाले पनि यिनीहरुमा भूतप्रेतप्रति बढी विश्वास रहेको मान्न सकिन्छ ! भैसीको बच्चा भएर भैसीको दुध खाइदिने जमजुट भुतवा पश्चिमतिर पाइन्छ ! पश्चिममा विशेषगरी दंग्तिर गाउँका सिमानाहरुमा मरिवा भुत रहेको विश्वास गरिन्छ! कहिलेकांही मान्छेहरुसँग भेट भइहालेमा कुस्ती खेल्छ भन्ने भनाई छ ! भूतप्रेतलाई धामी वा गरवाले विशेष मन्त्र बाट नियन्त्रनमा लिएर यसबाट मुक्ति दिलाउँछन भन्ने विश्वास प्रगाढ रहेको छ ! पूर्वतिर डायन र खराब नजरबाट बच्न डोराडोइर (कन्दनी) लगाउने चलन छ !यो कम्मरमा बधिन्छ र यसमा सानो राखिएको हुन्छ ! हरेक घरमा लसुन झुन्ड्याएको हुन्छ ! घरको बाहिर लसुन झुन्ड्याई राख्नाले भूतप्रेत आउदैन भन्ने मान्यता रहेको छ ! हनुमानचालिसा पनि पदने गरिन्छ !

धर्म र चाडपर्व :

थारुहरु सनातन हिन्दु न् भएपनि व्यावहारिक रुपमा यिनीहरु हिन्दु धर्म मान्ने जाती हुन् ! यिनीहरुको एतिहासिक काल्खंद्लाई गौतम बुद्ध सँग जोडे पनि व्याहारिक रुपमा यिनीहरुमा बौद्ध धर्मका कुनै कृत्यहरू चल्दै आएका देखिदैन ! यिनीहरुमा देवीको पुजा गर्ने चलन छ, भाकल गर्ने चलन छ र कुलदेवता राख्ने चलन छ ! पश्चिन्तिर देवी-देवतालाई भयाँर भनिन्छ ! विभिन्न देवीहरुलाई चाडपर्व र संस्कारमा बलि दिने परम्परा रहदै आएको छ ! दशै तिहारमा बडो धुमधामले मनाउँछन् ! हिन्दुहरुले मान्ने सबैखाले देवी-देवताप्रती सम्मान रहेको पाइन्छ ! थारु जातिका सप्तरीका रामानन्द संघले थारुहरु बौद्ध धर्मावलम्बी हुन् भनेका थिए र उनको अग्रसरता मा सप्तरी र उदयपुरमा थारु बुद्धिजीवीहरु बौद्ध पहिचानको विकासगर्न लागिपरेका छन् ! यसमा विशेष गरि श्रीलंकाका बौद्ध संघ-संस्थाहरुले सघाइरहेको पाइन्छ ! सप्तरीका एक थारुको छोरा भिक्षु बनेर श्रीलंकामा पढ्न गएबाट यी कुराहरु बुझ्ने अवसर प्राप्त भयो !

थारु जतिको सबभन्दा ठुलो पर्व दिपावली हो ! विशेष गरि पूर्वतिर सुकराती मनाउने चलन छ ! दिपावलीको औसीमा दिपावली गरि सुकरती मनाइन्छ ! सो दिन धान काटेर ल्याइन्छ र बेलुकीपख हुक्का (पातलो लठ्ठीको मुठा बनाई आगो बालेर खेलाइन्छ र खेतमा फल्ने चलन छ) खेल्ने चालन छ ! सो दिन मिठा परिकारहरु खाने गरिन्छ ! त्यसको बिहान हलो, कोदाली आदिलाई सरसफाई गरि पुजा गरिन्छ ! यो मधेसका अन्य किसान जातिले मनाउने गरेका छन् ! अन्य चाडपर्वहरुमा नागपंचमी, जितिया, कृष्णाष्टमी, माघेसंक्रान्ति, शिवरात्री, होली, रामनवमी र सिरुवा प्रमुख रहेका छन् ! जितिया पुर्व र मध्य्मधेस्तिर मनाइन्छ ! यो महिलाले गर्ने पर्व हो ! यस चाडमा दाजुभाइहरुले विवाहित दिदीबहिनीहरुलाई उनीहरुको घर गइ अनिवार्य रुपमा ल्याउनु पर्दछ ! तीन दिन सम्म यो चाड मनाइन्छ र महिलाले व्रत लिने चलन छ ! पश्चिमतर्फ यो मनाउने चलन छैन ! पूर्वका थारुहरुमा पनि छठ पर्व मनाउने चलन बढ्दो छ ! माघे संक्रान्ति थारुहरुको बडो धुमधाम सँग मनाउने गर्छन ! पश्चिमतर्फ यसलाई नया बर्षका रुपमा मान्ने चलन छ ! यस दिन देखि कुनै कामको थालनी गरेमा शुभ हुन्छ भन्ने मान्यता रहेको पाइन्छ ! ठाउँ-ठाउँमा मेला पनि लाग्ने गर्दछ ! आफन्तहरुलाई भोज दिइन्छ ! माघे संक्रान्तिमा घिउ-चामलको खिचडी ( जाउलो), तिल, मुरही, आदिको लड्डु तथा लाई (सक्खर राखी बनाइएको मुर्हिको लड्डु) र बगिया ( चामलको पिठोलाई उम्लेको पानीमा राखेर तयार गरिन्छ) खाने चलन छ ! पश्चिमतिर बघियालाई ठिकरी भनिन्छ ! पहाडमा यस्तो चाकु खाने चलन छैन ! मधेसका हरेक जातिमा माघे संक्रान्तिका दिन यी परिकारहरु खाने चलन छ ! पुर्व र पश्चिम दुवैतिर नयाँ बर्ष बैशाख १ गते मनाउने चलन छ ! तर पूर्वतिर बैशाख १ गते सिरुवा पर्व मनाउने गरिन्छ, यस दिन सातु खाने चलन छ ! पुर्तिर बैशाखभरि थारु बस्तिहरुमा मेला लाग्ने गर्दछ ! त्यस कारण सिरुवाको महत्व थारु जातिमा बिशेष रहेको छ ! नवलपरासी-कपिलवस्तुतिर सिरुवालाई सतुवान भनिन्छ ! यस दिन सातु खाने चलन भएकाले सतुवान भन्ने गरिन्छ ! पश्चिमतिर नयाँ साललाई लावासालभन्ने गरिन्छ ! दसैमा यी जातिहरुमा बलि दिने गर्दछ ! दसैको अष्टमी र नवमीमा बलि दिने चलन छ ! बर्दियातिर नागपंचमीको दिन गुरिया पर्व मनाउने चलन छ !

खानेपानी र शौच :

थारु समुदायमा खानेपानीका लागि कुवा, ईनार र अहिले कलको प्रयोग हुदै आएको छ ! कललाई पश्चिमतिर नल्की भन्ने गरिन्छ ! बैज्ञानिक शुद्धताको हिसाबले धेरै ठाउँमा कलको पानीमा आर्सेनिक भेटिएको छ जुन स्वास्थको दृष्टिकोणले हानिकारक मानिन्छ ! गाउँमा पोखरी भेटिन्छ ! पहिले पहिले कल नहुँदा पोखरीमा भाडा माझ्ने, गाईवस्तुलाई पानी खुवाउने तथा नुहाउने र अन्य आवश्यक काम गरिन्थ्यो ! सहरी क्षेत्रमा आधुनिक किसिमले सरकारबाट खाने पानीको व्यवस्था गरिएको हुन्छ ! सहरी क्षेत्रमा शौचका लागि शौचालय घरैपिच्छे हुन्छ भने ग्रामिण क्षेत्रमा पढेलेखेका र पैसा हुनेहरुले शौचालय बनाउँछन् भने अधिकांश मानिसहरुको छुट्टै शौचालय छैन ! ग्रामिण क्षेत्रका थारुहरुमा गरिबी र अशिक्षाका कारणले शौचालय कमाए मात्रामा भेटिन्छ ! यसका लग्ही खोलो वा नहरको छेउ, बाटोको छेउ र झाडी प्रयोग गर्दछन् !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: