मधेस प्रतिको विभेद र समानता आन्दोलन

मधेस प्रतिको  विभेद र समानता आन्दोलन

के ह्योमे

तराई फारसी भाषाबाट आएको शब्द हो जसको अर्थ ओसिलो भूभाग भन्ने हुन्छ ! प्राचिन र मध्यकालमा तराई समृद्ध कृषि क्षेत्र थियो ! जसले धेरै राजनीतिक र सांस्कृतिक केन्द्रहरुलाई धानेको थियो यँहा लुम्बिनी र सिम्रोनगड जस्ता धेरै राज्यहरु हुर्केर समृद्ध भएका थिए (रोज र जोशी १९९६:७) ! पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान चलाएका समयमा औलो पचाएका आदिवासी बसोबास गरेका केहि भाग बाहेक सम्पूर्ण तराई जंग्लामुलुक थियो ! नेपालको दक्षिण पट्टि पर्ने उत्तर भारतमा बार्हौ शताब्दीदेखि चलेको राजनीतिक उथलपुथलले गर्दा यो क्षेत्र जंगलामुलुक रहेको हुन् सक्छ ! ( विष्ट १९९१; रोज र जोशी १९६६:७) ले लेखेका छन् :-
तराईको धेरै भूभाग किन निर्जन रह्यो भन्ने कुरा अहिले सम्म पनि स्पष्ट छैन मुस्लिमहरु बार्हौ र सत्रौ शताब्दीको बीचमा पटक पटक आक्रमण गरेर त्यँहाको राजनीतिक र कृषि प्रणाली नष्ट गरेकाले त्यँहाका मान्छे अन्यन्त्र गएको हुन् सक्छ एक पटक मानिसविहिन भएपछी यो ठाऊँमा चाडै जंगल हुर्केको हुन् सक्छ !
एकीकरण भन्दा पहिले देखिनै पहाड नेपालको राजनीतिक शक्ति केन्द्रका रुपमा रहेको थियो र यसले अरुको भौगोलिक क्षेत्र माथि प्रभुत्व जमाएको थियो ! अर्कातिर, नेपालको राजनीतिक शक्ति समीकरण मधेस पहिले देखि अहिले सम्मनै मोफसलका रुपमा रहेको छ ( श्रेष्ठ १९९०:१६७) ! सत्ताधारी धनि वर्गले मोफसलका मानिसहरुलाई असभ्य ठानेर त्यही अनुसारको व्यवहार गरिएका छन् ! पहाडे सत्ताधारी उच्च वर्गले परापुर्व कालदेखिनै आफुलाई “सुसंस्कृत र सभ्य ” ठान्दै सिमावर्ती तराईका मानिसलाई मधिसे भनेर तल्लो दर्जाका नागरिकका रुपमा व्यवहार गरेका थिए ! मधिसे शब्द मधेसीको अपभ्रंस रुप हो ! मधेसी भन्नाले मधेसमा बस्ने मानिस भन्ने बुझिने भए पनि बोलीचालीको भाषामा प्रयोग गरिने मधिसे शब्दले पराई वा उत्तर भारतबाट आएका आप्रवासी भन्ने बुझिन्छ (श्रेष्ठ १९९०:१६६) ! एकीकरण पछाडी पनि नेपाली शासकहरुले तराईलाई उपनिवेशका रुपमा व्यवहार गरे ! महेशचन्द्र रेग्मी (१९८४:१३) ले लेखेका छन :-
तराईलाई भर्खरै स्थापित नेपालको शक्तिको श्रोतका रुपमा रहेका पहाडे मुलका काठमाणडौका कुलीन र भारदारहरुलाई आर्थिक र अरु किसिमले लाभ पुर्याउने उपनिवेशका रुपमा लिइएको थियो !
नेपाल सरकारको तराई प्रतिको नीति जहिले पनि दोहोरो रहिआएको  छ (श्रेष्ठ १९९०:१६७) शाह कालदेखि तराईलाई उपनिवेश ठानेर यसका श्रोतहरुको उपभोग गरियो ! शासकहरुले दुइओटा कारणले गर्दा तराईको विकाश आवश्यक ठानेन ! पहिलो, उनीहरुले यस क्षेत्रको विकाश गर्दा आफ्नो दिर्धकालिन स्वार्थ पुरा नहुने ठानेका थिए, किनभने उनीहरुलाई यस क्षेत्रको विकाश गर्दा बेलायती उपनिवेशको आँखा यस क्षेत्रमा लाग्ला भन्ने डर थियो ! यस क्षेत्रको विकाश हुँदा तस्करी भए राजस्व चुहावट होला भनेर शासकहरु डराएका थिए ! दोस्रो , भारतमा चलिरहेको क्रान्तिको हावा नेपालमा पनि पर्ला र यसले आफ्नो सत्तामा खतरा पुरयाउला भन्ने शासकहरुले ठानेका थिए ( श्रेष्ठ १९९०:१६७)! यस्तो अवधारणाले गर्दा उनीहरुले उन्नाइसौ शताब्दीको सुरु देखि नै तराईलाई अर्धसैनिक बस्तिको रुपमा राख्ने नीति अवलम्वन गरे ! त्यसैले सुरुमा तराई (मोफसल) को औपनिवेशीकरण कृषिका दृष्टिले भन्दा पनि सामरिक दृष्टिले गरएको थियो (स्कार १९९५:१८१)
स्थापना कालदेखि नै नेपालका शासकहरुले आफ्ना रैतीको वर्गीकरण गरेका थिए ! नेपाल राष्ट्र -राज्यका रुपमा स्थापित भएको ८५ बर्ष पछी राणाहरुले मुलुकी ऐन मार्फत नेपालीहरुलाई हिन्दु वर्ण व्यवस्था अनुसार विभिन्न श्रेणीमा विभाजन गरे ( हे. तालिका )!
तराईका मानिसहरुको उत्पति र उनीहरुको सामाजिक – सांस्कृतिक तथा भाषिक अभ्यासका बारेमा विद्वानहरुमा मतैक्य छैन ! धेरै विद्वानहरु (विष्ट-१९९१, स्कार १९९५, झा १९९३,गेइज १९७५ ) के कुरामा सहमत छन भने थारु, राजवंशी, सतार, दनुवार, धागंड तराईका आदिवासी हुन् ! तर यी आदिवासीहरुको धार्मिक संस्कार र सामाजिक बनावटका सम्बन्धमा भने उनीहरु बीच मतान्तर छ ! डोर् बहादुर बिष्ट (१९९१:४९) का अनुसार उन्नाइसौ शताब्दीमा दक्षिणबाट हिन्दुहरु आउनु अघि राजवंशी र मैथिली बाहेक अरु कुनै पनि समुदायले हिन्दु वर्ण व्यवस्था मान्दैनथे ! उनीहरुले प्रकृति पुजनको चलन अँगालेका थिए ! विष्टका अनुसार  राजवंशीहरुले मध्यकालमा हिन्दु धर्मको ब्राह्मणवादी स्वरूप अपनाए ! उनीहरुलाई सुरुमा कोच भनिन्थ्यो तर पछी आफुलाई राजपुत स्तरको बनाउन उनीहरुको नया नाम अपनाए ! अरु कोचहरुले इस्लाम धर्म ग्रहण गरे !
विष्टका अनुसार तराईका तिनओटा अलग अलग संस्कार भएका समुदायले तिनओटा अलग धर्म मान्ने गर्छन ! विष्ट लेख्छन :

जाति प्रथा कट्टर हिन्दुहरु पूर्वी तराईका जिल्लाहरु सप्तरी, सिरह, महोत्तरी, धनुषा , सर्हाली, र रौतहटमा बसोबास गर्छन ! मोराग, झापा, र चितवनमा धेरैपछी सम्म पनि आदिवासीहरुको बसोबास थियो ! त्यसपछि त्यँहा पनि पहाडेहरू बसाईं सरे ! अधिकांश आदिवाशीहरु आफ्नो घरमा झाक्री धर्म मान्छन ! भने सार्वजनिक रुपमा विशेष गरी, जात्रा/ उत्सवहरुमा हिन्दु धर्म मान्छन ! मुसलमानहरु तराईमा आएका तेस्रो किसिमका मानिस हुन् ! उनीहरु उन्नाईसौ शताब्दीको मध्यदेखि यँहा बसोबास गरीरहेका छन !

तराईका अरु समुहहरुको उत्पति र सामाजिक – सांस्कृतिक चलनका बारेमा कमै मात्र जानकारी पाइन्छ ! उनीहरुका यी पक्ष बारे यसै भनेर भन्न सकिदैन ! तर माथिको छलफल बाट के कुरा प्रस्ट हुन्छ भने तराईमा एकै थरिका मानिसहरुको बसोबास छैन ! तराईमा आफ्नो छुट्टै इतिहास , संस्कृति, र भाषा भएका विविध जातजातिका मानिसहरु बसोबास गर्छन !

नेपाल राष्ट्र निर्माणर सिमावर्ती तराई :-

धेरै अध्यनहरु (विष्ट १९९९; गेल्नर १९९९; शर्मा १९८३ र १९९७; स्कार १९९५; फापजोर्नका १९९७ र २००४ ) ले नेपालको राष्ट्र निर्माण र त्यसबाट अल्पसंख्यक समुदाय माथि परेको प्रभाव सम्बन्धमा बहसकालागि योगदान पुर्याएका छन् ! तर सामुहिक चिनारी निर्माणमा राष्ट्र निर्माणको भूमिकालाई भौगोलिक परिपेक्ष्यमा हेर्ने काम भने प्रयाप्त मात्रामा भएको छैन ! यस कार्यपत्रमा यस विषयमा प्रकाश पार्ने प्रयास गरिएको छ !

सन् १७६८-६९ मा नेपालको स्थापना भएपछी काठमाणडौको नेवार संस्कृतिलाई गौरव र प्राचीनता प्रदान गर्ने र पश्चिम नेपालमा विकाश भएको खस् संस्कृतिलाई कामकाजको भाषा प्रदान गर्ने आधार स्तम्भका रुपमा लिइयो (शर्मा १९८२ )!

यस प्रक्रियालाई लेख्ने क्रममा एतिहासिक लिखतहरुमा नेपालमा सभ्य र असभ्य भनेर छुटयाइयो ! प्रयागराज शर्मा (१९८२:१८) लेख्छन !

यसरी दक्षिण र पश्चिमबाट आएका हिन्दुहरु र नेपालको हिमालयमा तिब्बती – बर्मेली भाषा बोल्ने विविध जनजाती समुह बीच समागम हुँदा उनीहरुले एकअर्काका सामाजिक रितिरिवाजहरु ग्रहण गरे ! यस प्रक्रियामा गैर हिन्दु धर्मावलम्बी जनजातिहरु हिन्दु धर्म तिर तानिए ! उनीहरुले त्यसै अनुसारको भाषा, भेषभुषा,विचार र दैनिक व्यवहार ग्रहण गरे ! यस प्रक्रियालाई संस्कृतिकरण , हिन्दुकरण र नेपालीकरण भनि थरि थरिका नाम दिइएको छ !

बिसौ शताब्दीको मध्य सम्म नेपाली बौदिक वर्गले हिन्दुकरण प्रक्रियालाई राष्ट्र निर्माणको  प्रक्रियाका रुपमा लिए ! प्रयागराज शर्मा (१९८२:१८) ले के तर्क गरेका छन् भने “संस्कृतिकरण ले विविध संस्कृति भएका नेपालीहरुलाई एकै ठाउंमा बाँधेको छ !” ऋषिकेश शाहले दाबी गरेका छन – संस्कृतिकरणले विभिन्न समुदायहरुको व्यवहार र मुल्य – मान्यता बिचमा समन्वय ल्याएको छ जसले गर्दा समाजका विविध समूहबीच अन्तरक्रिया सम्भव भएको छ ! ” उनले थपेका छन ” संस्कृतिकरणका केहि पक्षहरु आधुनिक दृष्टिकोण भन्दा फरक होलान तर संस्कृतिकरणका अनुभव र ज्ञान आधुनिकीकरणका काममा लगाउदा फाइदा पुग्छ … कुनै समयमा संस्कृतिकरणलाई स्तर उकास्ने र सभ्य बनाउने आवश्यक तत्वका रुपमा हेरिन्थ्यो , जुन आधुनिकी करणका सन्दर्भमा पनि सहि छ ; शर्मा (१९८२) बाट उदृत ! राष्ट्र निर्माण प्रक्रियामा हिन्दु समुहको भूमिका का बारेमा डोर् बहादुर विष्ट (१९६७:१) ले भनेका छन “नेपालका बाहुन र क्षेत्रीले आधुनिक नेपाल अधिराज्यको राजनीतिक , सामाजिक अनि धार्मिक क्षेत्रको निर्माणमा प्रबल भूमिका खेलेका थिए !”

सन् १९९० को दशकमा आएर यो प्रक्रियाको आलोचना गर्न थालियो ! (हे. विष्ट १९९१; गेल्नर १९९७; गेल्नर २००४ ) आदिवासीहरुको आन्दोलनले अहिन्दुकरणको प्रक्रिया थालनी गर्यो ! यस परिवर्तनका बारेमा टिप्पणी गर्दै जोआना पफ (१९९१ :१४) ले लेखिकी छिन :

नेपालमा बहुसंख्यक माथिल्ला जातका हिन्दुहरुले आफ्नो संस्कृतिक गुण र संस्कारलाई सफलता पुर्वक फैलाएर आफ्नो प्रभुत्व निर्वाध रुपमा कायम गरे ! सन् १९९० को दशकमा आएर मात्र माथिल्ला जातका हिन्दुहरुले आधिपत्य माथि सार्वजनिक रुपमा प्रश्न उठाइयो !

हाम्रो अध्यनका लागि ” नेपालीकरण” र “पहाडीकरण” जस्ता शब्दवलीहरुका बारेमा अलि विस्तृत व्याख्या आवश्यक हुन्छ किन भने यसो गर्दा मात्र अध्यनको सन्दर्भ बुझिन्छ ! विद्वानहरुले यी शब्दावलीहरुको अर्थ सम्बन्धमा भिन्न मत प्रकट गरेका छन ! फ्रेड़ेरिक् एच , गेइजका अनुसार नेपालीकरण को प्रक्रिया ” भाषा (नेपाली) र धर्म (हिन्दु) ग्रहण गर्ने कुरामा मात्र सिमित छैन ! यसले विभिन्न मुल्य-मान्यता ग्रहण गर्ने देखि लिएर भेषभुषा र खानेकुरा सम्मका सम्पूर्ण कुराहरु समेटेको छ ! त्यसैले नेपालीकरण पहाडिया आदिवासीहरुले पहाडिया बाहुन-क्षेत्रीहरुको संस्कृति ग्रहण गर्ने प्रक्रियालाई बुझाउने व्यापक अर्थ बोकेको र बढी उपयुक्त शब्द हो ‘ (गेइज १९७५:२२-२३)! मधेसको सिमानालाई नेपाली बनाउने सोचाईका साथ “पहाडियाहरुलाई मधेसमा पुनर्वास गराउने माध्यमबाट मधेसको जनजातीय र सांस्कृतिक परिवर्तन गराउने हिसाबले क्रमबद्ध प्रयास थालियो ! नेपाली राज्यले मधेसीहरुका विरुद्ध राज्यको यो रणनीति अपनाएको थियो (सकार १९९५:१८०)! हाराल्ड ओं. स्कारका अनुसार पहाडीकरणको वर्तमान प्रक्रियाका दुइओटा स्पष्ट पक्ष छन – आधुनिक पहाडियाहरुलाई मधेसमा बसाईं सार्नु र पहिलेका पहाडिया जमिन्दारलाई राजनैतिक रुपले स्थापित गराउनु !

मधेसमा पुनर्वास योजना संचालन गर्नुको उधेश्य पहाडको जनसंख्या वृद्धिको समस्या समाधान गर्नु र कृषि उत्पादकत्व बढाउनु मात्र थिएन यसका अघोषित राजनीतिक उधेश्य पनि थिए ( हेर्नुस श्रेष्ठ १९९० र १९९३; ओझा १९८२; गेइज १९७५; स्कार १९९९ र १९९५ ) !

सरकारले मधेसको जग्गा प्राप्त गर्न प्रत्यक्ष र अप्रत्यक्ष तरिका अपनायो ! ” एकीकरण पछीका दशकमा अपनाइएको जग्गा प्राप्त गर्ने तरिका सबै भन्दा ठोस् जस्तो देखिन्छ  (ओझा १९८२) ! “बाध्यात्मक श्रम” का माध्यमबाट अपनाइएको बसोबासको प्रत्यक्ष उपाय असफल भए पछी अप्रत्यक्ष उपाय अपनाएर मोहीहरुलाई मधेसमा बसोबास गर्न प्रोत्साहन दिइयो  (रेग्मी १९७१ : १४४) ! सन् १९२० को दशकमा सरकारले राप्ती उपत्यका र मोरंगमा “संगठित जग्गा बसोबास” लाई प्रोत्साहन दिने प्रयास गर्यो ! ‘यस अभियान अन्तर्गत निश्चित क्षेत्रमा पहिले जस्तो भारतीयलाई होइन पहाडियाहरुलाई बसोबास गराउने लक्ष्य थियो ! उनीहरुलाई ऋण, खानेकुरा, स्वास्थ सेवा, औषधि र घर बनाउनका लागि काठ नि:शुल्क उपलब्ध गराइएको थियो ! यस बाहेक राप्ती उपत्यकामा बस्नेहरुले सात बर्ष र मोरंगमा बस्नेहरुले १० बर्ष सम्म न्युनतम मात्र तिरो तिरे पुग्ने व्यवस्था गरियो ( ओझा १९८२ :१४४) ! तर त्यति बेलाको बसोबास योजना उति सफल भएन ( ओझा-१९८२) !

सन् १९६० को दशकमा योजनाबद्ध पुनर्वास कार्यक्रम संचालन गरियो ! पुनर्वास कार्यक्रमको योजना बनाउन र त्यसको कार्यान्वयन गर्न सन् १९६४ मा नेपाल पुनर्वास कम्पनी स्थापना गरियो  ! सोहि बर्ष नवलपरासी जिल्लामा पुनर्वास योजना थालियो भने यसपछि बाँकेमा सन् १९६६ मा खजुरा परियोजना संचालन गरियो ( ओझा १९८२) ! सन् १९६० को दशकको पुनर्वास कार्यक्रमले पुनर्वास कार्यक्रमको घोषित उधेश्य बाहेक पहाडियाहरुलाई मधेसमा बसोबास गराउंदा मधेसलाई नेपालीकरण गर्न मदत मिल्छ भन्ने मान्यता राखेको थियो (गेइज १९७५:७३-८६; श्रेष्ठ १९९०) ! तर यो सरकारी उधेश्यलाई सार्वजनिक रुपमा घोषणा गरिएको थिएन ( गेइज १९७५:८२) ! गेइजले भनेका छन ” यस सम्बन्धमा काठमाणडौका केहि मानिसहरुले अखबारका स्तम्भमा के सुझाव दिएका थिए भने ब्रिटिश र भारतीय सेनाबाट अवकाश प्राप्त गोर्खाली सैनिक र शाही नेपाली सेनाका अवकाश प्राप्त सैनिकहरुलाई नेपाल-भारत सिमानामा अर्धसैनिक बलका रुपमा राखेर नेपालमा हुने तस्करी र भारतीय डाँकाहरुको लुटपाट रोक्न सकिन्छ ! पुनर्वासको राजनीतिक उधेश्य थियो भन्ने कुराको सार्वजनिक प्रमाण यस्ता अभिव्यक्ति मात्र हुन् (गेइज १९७५:८३) ! तर सरकारले यो अघोषित लक्ष्य गोप्य भने थिएन ! सन् १९७० को दशकको सुरुमा नेपाली समाचार पत्रले सरकारले भूतपूर्व सैनिक र अरु पहाडियाहरुलाई मधेसमा बसोबास गराउनुको मुख्य उधेश्य मधेसीहरुको जनसंख्या घटाएर मधेसीहरुलाई मधेसमा अल्पसंख्यकमा पुर्याउनु हो भनेर लेखेका थिए (गेइज १९७५:८३) !

सन् १९८३ मा सरकारले गराएको एक अध्यनले सरकारको यस लक्ष्यलाई उल्ल्लेख गरेको थियो ! डा. हर्क गुरुङको अध्यक्षतामा बनेको नेपालमा आन्तरिक तथा अन्तराष्ट्रिय बसाईंसराई कार्यदलले के दाबी गरेको थियो भने मधेसमा पहाडियाहरुको बसाईंसराईले मधेसीहरुमा नेपाली भाषाको प्रचार भएको छ ! तर वास्तविकता के छ भने “नेपालीकरण” गर्न सरकारले पहाडियाहरुलाई मधेसमा बसोबास गराउने कामबाट पहाडिया र मधेसीहरु बिचको सामाजिक अन्तर अझ बढेको छ ! यसबाट के प्रस्ट हुन्छ भने नेपालको राष्ट्र निर्माणको क्रममा अल्पसंख्यक समुदायहरुले आफ्नो उप चिनारी पुन: खोज्न थालेका छन !

मधेसी चिनारी र राजनीतिक शक्तिका लागि संघर्ष :

राष्ट्रिय, जनजातीय, भाषिक, क्षेत्रीय , धार्मिक र जातीय चिनारी दक्षिण एसियाका अरु देशहरुमा जस्तै नेपालमा पनि विवादको बिषय बनेको छ ! नेपाली समाजमा पनि चिनारीको मुद्दाको अत्यधिक राजनीतिकरण भएको छ !

मधेसलाई लामो समय सम्म अर्ध उपनिवेशका रुपमा राखिएकोले नै मधेसको स्वार्थका लागि लड्न भनेर पहिले तराई कांग्रेस र पछी नेपाल सदभावना पार्टी जस्ता संगठनहरु जन्मेका हुन् ! सन् १९५० को दशकको सुरुमै तराई कांग्रेसले नेपालको राष्ट्रिय संरचनामा मधेसलाई क्षेत्रीय स्वायत्ता दिनु पर्ने उठाएको थियो ! तर पछी सो पार्टी ले यो मागलाई आफ्ना अजेण्डा बात हटायो (गेइज १९७४:१०९) ! वेदानन्द झा को नेतृतवमा सन् १९५१ मा गठित तराई कांग्रेसले सन् १९५० को दशकमा उठाएको सबै भन्दा ठुलो मुद्दा भाषा थियो ! यसले मधेसीहरु माथि नेपाली भाषा थोपारिएको कुराको विरोध गरेको थियो ! तराई कांग्रेसका उधेश्यहरु यसप्रकार थिए

क ) स्वायत्त तराई राज्यको स्थापना

ख) हिन्दीलाई राज्यको भाषाका रुपमा मान्यता

ग) नेपाली निजामती सेवामा मधेसका मानिसहरुलाई पर्याप्त मात्रमा प्रवेश !

सन् १९५० को दशकको अन्त्य तिर मधेसका राजनीतिक नेताहरुले नेपाली भाषालाई शिक्षाको माध्यमका रुपमा प्रयोग गर्ने सरकारी निर्णयको विरोध गर्न पुरै मधेस भर आमसभाको आयोजना गरे ! फ्रेडेरिक गेइज ले यस्ता सभामा गरिएका भाषणको अध्यन गर्दा मधेसका मानिसहरु पहाडियाहरुको प्रभुत्व र असंवेदनसीलता प्रति प्रस्ट रुपमा असन्तुष्ट भएको पाएका थिए ! सो निर्देशनलाई उनीहरुले मधेसी समुदाय माथि पहाडिया संस्कृति थोपर्ने सरकारी प्रयासका रुपमा लिएका थिए ! सरकारी नीति निर्माण प्रक्रियामा उनीहरुको सहभागिता नभएको उनीहरुले यसलाई अप्रजातान्त्रिक ठहर्याएका थिए ! उनीहरुले सरकारको यस्तो विभेदकारी नीतिले राष्ट्र एकता खल्बल्याउने र पहाडिया तथा मधेसीबीच मनमुटाव पैदा गर्ने कुरा बताएका थिए !

सन् १९५७ मा तराई कांग्रेसले मधेसका विभिन्न सहरहरुमा विभिन्न समितिहरु गठन गरेर “हिन्दी बचाऊ ” अभियान संचालन गर्यो ! नेपाली कांग्रेस, नेपाल कमुनिष्ट पार्टी, संयुक्त प्रजातान्त्रिक पार्टी र प्रजापरिषदले यस अभियानलाई तुरुन्तै समर्थन जनाए ! जुलाई १९५७ मा नेपाली भाषा शिक्षाको माध्यम भाषाका रुपमा प्रयोग गर्ने सरकारी निर्देशन घोषणा भएपछी नोवेम्बर सम्म यो निर्देशन फिर्ता लिन माग गर्दै विरोध जुलुस, हडताल र आमसभाहरु आयोजना गरिए ! अवस्था गम्भीर हुँदै गएर बिराटनगरमा त् “हिन्दी बचाऊ समिति” र नेपाली प्रचारिणी सभाका कार्यकर्ता बीच हिंसात्मक झडप समेत भए !

सन् १९५८ को फेब्रुअरी महिनामा अखिल नेपाल हिन्दी बचाऊ समितिको प्रतिनिधि मण्डलले राजालाई भेटेर जनवरी १९५७ को सरकारी निर्देशन फिर्ता लिने अनुरोध गरे ! यसै बीच, सन् १९५९ मा नेपालमा पहिलो आमनिर्वाचन सम्पन्न भयो ! निर्वाचनमा तराई कांग्रेस २१ स्थानमा उम्मेदवार उठाएको थियो ! मतदान भन्दा केहि दिन भित्र पहिले राजाले नया संबिधानको घोषणा गरे जसमा नेपालीलाई राष्ट्र भाषा घोषित गरिएको थियो ! निर्वाचन भन्दा पहिले यो विवादको यसरि अन्त्य भयो ! यसले हिन्दीलाई दोस्रो राष्ट्रिय भाषा बनाउने तराई कांग्रेसको प्रयास शिथिल पार्यो ! क्षेत्रीय भाषाको उल्लेख सम्म नगरेर संबिधानले ति भाषाहरुको महत्व नकार्यो ! चुनावमा कुनै सिट नजिते पछी तराई कांग्रेस पार्टीलाई निराशा हात लाग्यो ! जुलाई १९५९ मा नेपालको संसद्को पहिलो अधिवेशन चालु हुँदा संसदमा हिन्दी भाषा छलफल गर्न पाउनुपर्ने आवाज उठायो ! छोटो वादविवाद पछी संसदमा हिन्दीमा छलफल गर्न पाइने भयो ! सन् १९७९-८० मा राजाले दलविहीन पंचायती व्यवस्था वा पश्चिमी शैलीको बहुदलीय व्यवस्था मध्ये कुनै एक रोज्न जनमतसंग्रहको घोषणा गरे ! जनमतसंग्रहमा नागरिकताको प्रमाणपत्र भएकाले मात्र मतदान गर्न पाउने व्यवस्था भयो ! तराई कांग्रेसका नेताहरुले यसको विरोध गरे र नागरिकताको प्रमाणपत्र नहुनेहरुलाई वितरण गर्नु पर्ने माग गरे ! फलस्वरूप नागरिकताको प्रमाणपत्र नलिएका तराईका धेरै नागरिकहरुलाई सरकारले नागरिकता प्रमाणपत्र वितरण गर्यो !

सन् १९८० को दशकको सुरुमा सरकारले डा.हर्क गुरुङको अध्यक्षता आन्तरिक र अन्तराष्ट्रिय बसाईंसराईका बारेमा अध्यन गर्न कार्यदल गठन गर्यो ! सो कार्यदलले अरु कुराका साथै भारतबाट हुने बसाईंसराईमा कडा नियन्त्रण हुनुपर्ने, भारत सँगको खुला सिमा व्यवस्थित गर्नुपरे, भारतीयहरुलाई नेपालमा काम गर्न वर्क परमिटको प्रावधान लागु गर्नुपरे , अंगिकृत नागरिकतामा कडा प्रतिबन्द लगाउनु पर्ने, गैर नागरिकहरुको आर्थिक कारोबारमा कडा रोक लगाउनु पर्ने, हिन्दी फिल्म, गीत र पत्रिकामा प्रतिबन्ध लगाउनु पर्ने सिफारिस गरेको थियो ! तराईका धेरै बासिन्दाहरु सँग नागरिकताको प्रमाणपत्र नभएकाले तराईका बासिन्दाहरुले आफुलाई नेपालबाट बाहिर धपाउन यस्तो सिफारिस गरिएको आरोप लगाएका थिए ! यस्तै गरी, वर्क परमिट लागु गर्दा काम गर्न पाउने अवसरबाट आफुहरु वन्चित हुनुपर्ने कुरा पनि उनीहरुले बताएका थिए ! यो प्रतिवेदन तुरुन्तै विवादमा आयो ! तराईका नेता र बुद्धिजीवीहरुले यसको कार्यन्वयनको विरोध गरे ! कडा विरोध भएपछी सरकारले यस प्रतिवेदनलाई कार्यन्वयन गरेन !

सन् १९८३ मा गजेन्द्र नारायण सिंहले नेपाल सदभावना परिषद नामक संस्थाको स्थापना गरे ! यस संस्थाको मुख्य लक्ष्य मधेसीहरु विरुद्धको विभेद सँग लड्नु थियो ! सिंह गुरुङ प्रतिवेदनको विरोद गर्ने प्रमुख व्यक्तिहरुमध्येका थिए ! सन् १९९० अप्रिल १४ पछी नेपाल सदभावना परिषद नेपाल सदभावना पार्टी नामक राजनीतिक दलमा फेरियो ! सदभावना पार्टीको घोषणा पत्रमा संघीय शासन, हिन्दीलाई सरकारी भाषाका रुपमा मान्यता, सुविधा विहिन समुदायका लागि नोकरीमा आरक्षण, भर्खरै बसाईंसरेर आएका हरेक सम्बन्धमा उदार नागरिकता नीति र शाही नेपाली सेनामा मधेसीहरुको छुट्टै बटालियन जस्ता कुरा उठाइएका थिए !प्रतिनिधित्वको प्रश्न मधेसीहरुको एउटा ठुलो समस्या हो ! सन् १९९१ को आमनिर्वाचनमा सदभावना पार्टीले ६ सिटमा विजय हात हासिल गर्यो ! सन् १९९४ मा भने यो सिट घटेर  ३ सिटमा सिमित रह्यो ! सन् १९९९ को चुनावी घोषणा पत्रमा सदभावना पार्टीले देशको समान विकाशका लागि संघीय सरकार, संबिधानको धारा ८ लाई तराईका सबै नागरिकहरुलाई नागरिकताको प्रमाण पत्र दिनमा मुख्य बाधक ठहर गरेको थियो !

सदभावना पार्टीले मधेसीहरुलाई मन्च प्रदान गरे पनि दुइओटा मुख्य कारणले गर्दा सो पार्टीको अपिल प्रभावकारी हुन् सकेन ! पहिलो कारण हो, मूलप्रवाहका दलहरुले मधेसीहरुका समस्याप्रति चासो देखाउनु ! दोस्रो कारण सदभावनाको राजपुत नेतृत्व प्रति अरु समुदायको अविश्वाश ! ह्वेल्प्टन (१९९७:६७) र क्लार बुर्केर्ट (१९९७:२५५) ले पार्टीका रुपमा सदभावना पार्टी विकसित हुन् न सक्नुमा तिनवटा कारणलाइ जिम्मेवार ठहर्याएका छन ! धनुषा जिल्लाबाट चुनिएका सांसदहरु ” पार्टीका हतियार बन्छन र उनीहरु तराईको मुद्दा उठाउनु र सदभावना पार्टीको पक्ष लिनु भन्दा पार्टीमा आफ्नो ठाउं दह्रो बनाउन बढी ध्यान दिन्छन ! बर्केटले के बताएका छन भने सदभावनाका नेताहरु “पहिले मैथिली र अनि मधेसी ” भएकाले पनि सदभावना पार्टी मधेसीहरु बिचमा अलोकप्रिय छ ! तेस्रो, सदभावना पार्टी विभिन्न भाषा र भाषिका बोल्ने समुहको छाता संगठन हो ! उदहारणका  लागी, सदभावनाले हिन्दीलाई राष्ट्रिय भाषाका रुपमा मान्यता दिलाउन माग गरेको थियो ! ‘तर यो विषय मैथिलिहरुको मुद्दा होइन किनभने उनीहरुको चिनारी मैथिली सँग गाँसिएको छ! उनीहरु मैथिलीलाई हिन्दी भन्दा सुसंस्कृत र नेवारिलाई प्रभावित गर्ने भाषा ठान्छन ! यी कारणले गर्दा सदभावना पार्टी सबै मधेसीहरुको पार्टी बन्न सकेन !

यति हुँदा हुँदै पनि सदभावना पार्टीले मधेसीहरुको हक हितका लागि केहि हद सम्म सफतापूर्वक आवाज उठाईरहे ! मधेसीहरु सदभावना पार्टीमा गोलबन्द भए पनि नभए पनि मधेसको समस्या चर्को देखिन्छ ! मधेसीहरुका विरुद्धको भेदभावले केहि समुदायका मानिसहरुलाई उधेलित गराउने क्रम निरन्तर छ ! यस सन्दर्भमा कृष्ण भट्टचन (२०००:१५४-५५) ले तराईलाई सहि ढंगले प्रतिनिधित्व गर्ने पार्टीको नेतृत्वमा “मधेसी विद्रोह ” को ‘ठुलो सम्भावना ” देखेका छन ! उनले गम्भिरतापूर्वक अगाडी भनेका छन ” यस्तो विद्रोह भएको खण्डमा सफल हुन्छ भन्ने कुरा विश्वास गर्ने दह्रा आधारहरु छन !

मधेसीहरु प्रति विभेद भएको दृढ विश्वास भए पनि सन् १९८० को दशकको अन्त्य सम्म मधेसीहरुको चिनारीका लागी कसैले पनि ठोस् योगदान दिएको थिएन ! सन् १९९० को दशकमा आएर मात्र मधेसी बुद्धिजीवी, राजनीतिक नेता, सामाजिक कार्यकर्ता र विधार्थी संगठनहरुले मधेसीहरुको “सन्दर्भ” र “अर्थ” पत्ता लगाउन  सचेतता पुर्वक प्रयास थाले ! यसका दुइओटा कारण हुन् सक्छन ! पहिलो , त्यति बेलासम्म तराईमा पहाडियाहरुको जनसंख्या ज्यादै धेरै भइसकेको थियो र उनीहरुले पहाडिया र मधेसी बिचमा भिन्नता देखाउनु महत्वपूर्ण भएको महसुस गरेको थिए ! दोस्रो, मधेसी भन्नाले “भौगोलिक” र “एतिहासिक ” सन्दर्भ झल्काउने हुनाले यसले उनीहरुलाई “आदिवासी” को दर्जा दिन सक्छ ! यसको अर्को फाइदा के हो भने यसले मधेसीहरुलाई “भारतीय मूल ” का भन्ने धेरै मानिसको मान्यता लाई गलत साबित गरिदिन्छ ! यस्तो चिनारीले राज्यको एक संस्कृतिको नीति सँग दुइ ओटा तहमा विरोध गर्छ ! राजनैतिक तहमा पहाडियाहरुको प्रभुत्वलाई चुनौती दिनु र सांस्कृतिक तहमा “पहाडिया संस्कृति ” अस्विकार गर्नु ! पहाडियाहरुको प्रभुत्व रहेको राज्यमा मधेसीहरुले भोगेका साझा समस्या र पहाडियाहरुको तराईका मानिसप्रतिको सोचाईले उनीहरुलाई आफु एक हौँ भन्ने ठान् लगाएको छ

नेपाल र इजराइलको सिमावर्ती क्षेत्रमा राष्ट्रिय निर्माण र साझा चिनारीको सिर्जनामा एकै खालको भूमिका देख्न सकिन्छ ! यँहा विचारणीय कुरा के छ भने नेपालमा सन् १९६० को दशकको सुरु तिर पुनर्वास नीतिको कार्यान्वयन इजरायलीविज्ञको रेखदेखमा भएको थियो ! सिमावर्ती क्षेत्रमा साझा चिनारी सिर्जना गर्ने कामका लागि पुनर्वास योजनाको राजनीतिक उधेश्यले ठुलो भूमिका खेलेको छ !ओरेन यिफसेल (१९९६) ले इजरायली राष्ट्र निर्माण अभियानले ग्यालिली क्षेत्रको सिमानामा साझा चिनारी कसरी निर्माण गर्यो भन्ने कुराको अध्यन गरेका छन ! उनले इजरायली सन्दर्भमा के भनेका छन भने पुनर्वास योजनाको मुख्य उधेश्य अरबहरुलाई पाखा लगाउनु थियो ! अहिलेको तराईमा देखिएको साझा चिनारी र इजरायलको यस्तै साझा चिनारी बीच समानता छन (हेर्नुहोस यिफसेल १९९६) !

पहाडिया र मधेसी बिचको संस्कृतिक र जनजातीय भिन्नतालाई राजनीतिक करण गरिएको थिएन ! लामो समय सम्म राज्यले तराईका विरुद्ध विभेदकारी नीति अपनाएकाले तराईका मानिसहरुमा साझापनको भावना जागेको छ ! यसले तराईका मानिसहरुलाई राज्यको विभेदकारी नीतिका विरुद्ध लड्न एक जुट बनाएको छ भने अरु तत्वहरुले तराईवासीहरु बीच फुट पैदा गरेको छ ! उनीहरु जात, जाति, भाषा र एतिहासिक कुराका आधारमा विभाजित छन ( दाहाल २००२; ओ स्कार १९९५; बुर्केर्ट १९९७) !

यस तर्कलाई दुइओटा कारणले थप बल मिलेको छ – तराईका सबै मानिसहरु संस्कृति, भाषा, जातीय विभाजन आदि जस्ता कुरामा एक समान छैनन ! उनीहरुलाई एक बनाउने एउटै मात्र तत्व  भनेको पहाडी र मधेसी बिचको एतिहासिक सांस्कृतिक र भौगोलिक भिन्नता हो ! यस्तो विभाजनले तराईका मानिसबीच नै भिन्नता छ भन्ने कुरालाई अस्विकार गरेको छ ! उनीहरुलाई साझा मधेसी चिनारी अन्तर्गत राख्ने तत्व पहाडिया विरिधि संघर्ष हो ! यस्तो क्षेत्रीय चिनारी कति बलियो हुन्छ भन्ने कुरा नेतृत्वले आफूभित्र विविधतालाई कसरी एक राख्छ र राज्यले उनीहरुका माग प्रति कस्तो व्यवहार गर्छ भन्ने कुरामा निर्भर रहन्छ !

अहिले पहाड़मा अहिन्दुकरणको क्रम चालेको छ ! तराईमा स्थानीय संस्कृति र भाषाका आधारमा दुईओटा तहमा स्थानीय चिनारिलाई सुदृढ़ बनाउने अभियान चलेको छ ! एक तहमा पहाड़िया संस्कृतिलाई अस्वीकार गर्ने र अर्को तहमा विगतको गौरवको  पूर्णअविष्कार भएको छ ! उनीहरूले इतिहास र संस्कृतिका आधारमा आफ्नो चिनारिलाई सुदृढ़ बनाएका छन ! यस प्रक्रियालाई मधेसिहरुको अभारतीयकरण भन्न सकिन्छ ! तराईका मानिसहरुले आफु भारतसँग सम्बन्धित नभएको जोड़ दिएबाट पनि यो कुरा देखिन्छ ! उनीहरूले “भारतीयकरण” को विरोध गरेका छन ! उनिहरुले स्थानीय संस्कृति र मिथकका आधारमा आफ्नो चिनारीको पुनर्संरचना गर्दै आफुलाई भारतबाट टाढा राखेका छन !

केही जानकरहरुले देखाए जस्तो (दहाल २००२; स्कार १९९५) तराईका समुदायहरुमा परम्परागत , सांस्कृतिक र एतिहासिक भिन्नता भएकाले मधेसी जानकरहरुले तराईका मनिस्हरुको साझा इतिहास र संस्कृति रहेको देखाउने प्रयास गरेका छन ! उदहारणका लागी , डा.हरिवंश झा (१९९३:२८) भन्छन, थारू भन्ने भाषा नै छैन ! उनले यसलाई मैथिलि, भोजपुरी र अवधीको भाषिका भनेका छन ! उनले लेखेका छन – “थारू भाषा भन्ने नया शब्दले कसको उधेश्य पूरा गर्छ ? यसले थारू बाँकी मधेसी समुदाय भन्दा फरक हूँ भन्ने कुरा देखाउने उधेश्य चाँही पूरा गर्ला ! ” प्राचीन इतिहासका आधारमा उनीहरूले आफु प्राचीन कालदेखी नै मधेसमा बस्दै आएको , आफु धर्तिपुत्र भएको र आदिवासी भएको दाबी गरेका छन ! जंहा सम्म तराईका विभिन्न समूहको बिचको सम्बन्ध छ उनिहरु सबैलाई गोर्खालीहरुको आगमन पछि राज्यलेविभेद गरेको भन्ने साझा इतिहासका आधारमा उनीहरुलाई एकीकृत गर्ने प्रयास गरिएको छ !

केही जानकार र सामाजिक आन्दोलनकारीले तराईका सबै समुदायलाई एउटा समूहका रुपमा प्रस्तुत गर्न खोजे पनि उनिहरु बिचको जातिगत, जनजातीय र भाषागत भिन्नताले गर्दा उनीहरूले यस कुरामा त्यती सफलता पाएका छैनन ! मधेसिका रुपमा समष्टिगत भावनाले भन्दा त्यसभन्दा अझ साना समूहगत भावनाले प्रमुखता पाएका छन (बुर्केर्ट १९९७) ! यस्ता असफलता भए पनि राजनितिक नेता र जानकारहरु पहाड़ियाहरुको प्रभुत्वमा रहेको राज्यका विरुद्ध एकजुट भएर लड़न आफुहरुबिचका भिन्नताहरुलाई तत्कालका लागी बिर्साउने प्रयास गरिरहेका छन ! विभिन्न समुहमा विभाजित तराईका बासिन्दाहरुले यस्तो चिनारीलाई कसरी लिन्छ्न भन्ने कुरा भने हेर्न बाँकी नै छ ! केही समुहहरूले यसमा असहमति जनाइसकेका छन ! उदहारणका लागी मधेसका सबै भन्दा ठुला आदिवासी समूह थारू र राजवंशी जनजाति आन्दोलनको हिस्सा बनेका छन (स्कार १९५:३२) !

निष्कर्ष :

सन १९६० को दशकमा फ्रेडेरिक गेइजले (१९७५:२३) क्षेत्रीय चिनारीको निर्माण भएको संकेत गरेका थिए ! उनले तराईमा नेपालीकरणको प्रक्रिया विरुद्ध तराई का मानिस हरुले विद्रोह गर्नेछ्न भनेका थिए ! मधेसी क्षेत्रीय चिनारीका रुपमा यस्तो विद्रोह अग्गदी बढेको छ ! नेपाल राष्ट्र निर्माणको क्रममा सीमावर्ती क्षेत्रमा नया उपचिनारीको उदय भईसकेको छ ! राज्यको विरुद्ध लड़नका लागी मधेसी साझा चिनारी लाइ राजनितिक हतियारका रुपमा प्रयोग गरिएको छ !

केही समययता मधेसी चिनारी बन्ने क्रम जारी छ ! तर तराईका आदिवासीहरूले यस चिनारीलाई कसरी लिन्छन भन्ने कुरा अझ सम्म प्रस्ट भएको छैन ! मारवाड़ी, शैव र बंगाली जस्ता अरु समूह लाई यस चिनारी मा समेटीन्छ भन्ने कुरा पनि प्रस्ट छैन ! बरु तरायली वा तराईवासी भन्ने शब्दले तराईका आदिवासी वा आप्रवासी सबैको साझा चिनाली प्रकट हुन सक्थ्यो की भन्ने अनुमान सम्म लगाउन सकिन्छ !

मधेसी नामक साझा क्षेत्रीय चिनारीको तागत दुईओटा कुरामा निर्भर गर्छ :

मधेसका विविध समूहहरुको गतिशीलता  र राज्य ले मधेस प्रति लिने निति ! त्यसैले यस चिनारिले भबिष्यमा कस्तो रूप लेला भनेर भन्न गार्हो छ ! सैधान्तिक रुपमा भन्ने हो भने यसले चिनारी कसरी र किन निर्माण हुन्छ भन्ने कुराको जवाफ दिएको छ !

4 Responses

  1. Dear writer,
    I am glad to know our history with truths and facts. I am proud of being born in Terai.
    But the way the present so called Teraian Ministers are selling the positions in the Govt., I have developed strong hatred for them and the way they are handling the politics of Terai. For example, go through the corrupted activities of all the Ministers of Agriculture & Cooperative for last three to four years, they have not been able to offer the responsible positions of this Ministry to any deserving candidates. They are openly asking for large sum of money for any position they have in the Ministry. Every next Minister is surpassing the preceding Minister in being corrupt which brings frustration to the deserving, learned and honest candidates. The result is before you if you see the things around. In such case you can simply attract the attention of their cadres who want to follow their path. First let us find some able, educated, honest, dutyiful, sincere and willing to sacrifice candidates. Then only we can come to foreground to develop Terai as MY DREAM OF MADHESH. Plesae start a discussion on ways to eradicate corruption from the minds of our would be leaders in order to prove ourselves true sons of Terai or Madhesh whatsoever.

  2. We know that union is strength so we have do catch it. when u do anything before! Umesh

  3. धन्यवाद . हामी ज्ञानवर्धक दस्तावेजको निर्माण र प्रयोग युगीन विभेदको बिरुद्ध गर्न सकौं. अबको चुनौती भनेको पछाडी पारिएका हरुको क्षमता विकाशमा राज्यको पहिलो आँखा पर्ने व्यवस्था गर्नु नै हो. राज्य भन्नाले सरकार मात्र बुझिन्न. हामी तपाइँ सबैको साझा डल्लो बुझिन्छ. राजनीतिक दलहरु सामाजिक आन्दोलनको अंग बन्न सकुन. सरकार बनाउने-चलाउने कुरा त् सामाजिक व्यबहार बाट प्राप्त हुने पहिचान को स्वतः: परिणति हो. हामी सबै राष्टिय, सामाजिक मुद्दामा एक हुन सकौं. उग्रता र हिंसा ले नोक्सान मात्र गर्छ.

  4. madhesh me hindi nahi bolta hai .. kay madhesh ke history aap ko pata hai to plz… aap madhesh ke bastabi tataw ko share karee. aur jis ko madhesh me mathili ,, bhojpuri ,abdhi nahi aata hai wa kay karega kon si bhasa me bat kar…ega… g…auw gahar ke bud bujurg sab pahle kisa bhasa me bat kar te the…. raja jank ke palame bhi to hindi boltha tha na madheshi jana .. e to koi nai bat nahi hai… par naw bat to ye hai ki madheshi se madhesh ka pahchna 6in liya gayahai .. aur madhesh ko trai namaang karn kardiya gaya … din prati din madhesh se mathili bhasa ritiriwaj hatte jaraha hai.. nepal sarkar duwara pahadi samudayke ku6 gati bidhi ke karna madheshi janta kabhi bhi madhesh ka history nahi jan pay hai …. aur is me madhesh ke baduwa neta . dlal madhes birodi sab mil ke madheshi janta ko andekhar me dhakelte jarahai ………..aat sabhi madhesh ke janta budijibi, uwa ek juta hoke madhe ki rak6a kare…………..
    ,, kis se mange ham aapni pehchan kaun dega ,,,, jo nepal sarkar aaj tak madhesh ke amar bira sahid ko samman nahi deska hai ,,, jaha pe sirpf kanun banane balo ke liye kanun hai nahi haiii jo kanun srf madheshi aur madhesh ke liye jaha pe nata hai… pahadi samuray ke liye koi kanuna hi nahi banta hi kiy>>>>???????

    mitra buddha dhram ke book me aap ko madhesh ke map miljay ga…. aur madhesh ke thora bahuta sankaln kiya huwa …. aap ko amar sahid raghunatah thakura madheshi ji, ke bhai jo bratnagar me rahte hai unke pas me mile ga……. jo sanrak6an… kar ke rakhe huwe he madhesh ke bahtabik history ko… jis ka gayan madhesh ke bahuta se naw jawan uwa abam madhesh bashi kao nahi hai… aat samast madheshi janta ko madhesh ka gayan hona jaruri hai… paz madheshi janta plz aap sabhi gadar neta gaan ko saba sikah ne ke liye tayar hojaooooo….. jo gadar neta gan bar bar madhesh aur madheshi janta ko dhokha me rakhra ha hai wise tatw , madhes biro di …. ko khatma karna jaruri hai… pahle madheshi janta ko ek juta hoke aage badhna padega … namk haram neta ko side karoooooo madhesh bachayo….. madheshi janta,,, uwa. madhesh me madhesh ki rak6a swaym karna jaru ri hai…. din prati din madhesh me nay party pe party kulte ja raha hai….. in sab ko sabha sikauo……

    hai hindu ji yaar mai bhi hindu hi hu .. kau pareshan hote ho bhai….. madhesh me to hindu kahi bolbala hai…. jay madhesh….
    pahale ham madheshi he …. not trai bashi… madheshi is true… bad me nepali….. jay madhesh…
    madhesh hama…r hai…. madhesh ke history ki jankari samast madheshi ko hona jaru ri hai…. madheshi ko pahle ktm jane ke liye pasport kiu ba…na na pardta tha .? ham jo nepal ke madhesh me nepali bolte hai ye nepal ka bhasa nahi hai…. nepal bhasa only khas barmashan badi ka bhasa hai….. jo ki nepal me kahi aur se aaya huwa hai….. ye brahaman badi khas koi brama , bhutan , mangoliya, thun pradshes, naga land , bhibhin jaga ho se aaya huwa hai… aur nepal me sasan chalane laga hai…. nepal pahle ktm hi tha… ekikirit nepal bad me huwa hai…
    1) darjiling nepal ka bhubag hai to bhira me patna drabhang, arariya sab bhi to nepal ka hi bhu bhag hai ki indiya ka hi ?
    2) darjalig ke prashant tamang ko … nepal me samman milat hai kai u…. kui ki wo tamang hai…?
    3) hamare gaur ke patrakar sahid birendar shah ji ko indiyan bola jata hai kiu kiu ki madheshi hai???
    4) madhesh me bhumigat 7 party madheshi ka hit ka kam kar taha …to nepal sarkar, sainik,, nepal ke bhibhina party yo duwar madhesh me bhumigat 119 party hai kau ki madheshi pe atya chra kare…. madheshi yo ka ekta todne ke liye…..???
    5) madhesh ke nam ko kiu change kiya gay … madhesh ke badle trai kiu…..?????

    “मधेशी युवा एकता” जिन्दाबाद। मधेशी युवा सब एक जुट होऊ।
    …….जय मधेश !!! जय मधेश ……..जय मातृभूमि……..जय मातृभूमि
    “स्वतन्त्र तराई राज्य ” एक मधेश एक प्रदेश
    …….जय मधेश !!! जय मधेश …….

    Central Government of Madhesh ” मधेश सरकार ”
    Biratnagar Madhesh
    govermaint.madhesh@gmail.com
    government.madhesh@gmail.com
    …….जय मधेश !!! जय मधेश …….बन्दे मे था दम ……….. वंदे मातरम्

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: