मधेशमा पहाडीहरुको बसाई सराई र त्यसको प्रभाव एक संक्षिप्त बिश्लेषण :- सुरेन्द्र मधेशी

मधेश माथि कब्जा गरे पछि शुरुवात मा सन् १९५१ भन्दा पहिले जातीय उत्पीडनले गर्दा पहाड मा टिक्न नसकेर बाध्यता बस मधेश मा पहाड बाट आउने हरु उत्पीडित जात जातीहरु दमाई, सार्की, कामी, राई, लिम्बु, गुरुङ, मगर, तामांग परिवारका मानिसहरु थिए ! यिनी हरु लाई पहाड मा उच्च जातिका मानिस हरु ले विभिन्न जालझेल गरी उनीहरुका सम्पती जग्गा जमिन हडपेर अथवा खोसेर आफ्नो जन्मथलो छोड्न बाध्य गराएका थिए !(१) साथै नेपाली शासकहरुले सरकारी अधिकारीहरु, सैनिकहरु, पुरोहित बाहुन, आफ्ना परिवारका सदस्यहरु लाई जागीर, बिर्ता, जमिन्दारी र बक्सिसको रुपमा मधेश का उब्जाउ भुमि प्रदान गरे पनि औलो लाग्ने डरले सन् १९५० सम्म बहुत कम मानिसहरु आएका थिए !(२)

नेपालको पहाडी क्षेत्रबाट मधेशमा आप्रवासन मुख्यत: सन् १९५० पछि व्यापक रुपमा भयो ! सन् १९५१ को राजनैतिक परिवर्तन पछि जनसंख्याको पुन:वितरण गर्ने उदेश्यले तत्कालिन सरकारले मधेश र भित्रि मधेशको कृषि गत संभाव्य क्षेत्रमा नयाँ बस्ती बसाउने र भूमिसुधार गर्ने नीति अपनाई आवासको नयाँ अध्याय प्रारम्भ गरियो !

सन् १९५४ को राप्ती उपत्यका विकास योजना अन्तर्गत प्राकृतिक प्रकोपबाट पिडित सुकुम्बासीहरुको पुनर्वास व्यवस्था चितवन जिल्लामा शुरु गरिए ! त्यस पछि मधेशमा आप्रवासीको प्रवाह वृद्धि हुन् थाल्यो ! राप्ती उपत्यका विकास योजना लागु हुने बेलामा यस उपत्यकामा ३६,००० स्थानीय थारुहरु निवास गर्दथे ! तर सन् १९६७ सम्म अथवा केहि बर्ष पछि नै त्यहाँको जनसंख्या १० गुणा वृद्धि हुन् गरियो !(३) सन् १९५४ मा चितवन राप्ती उपत्यका विकास योजनाको नाम बाट गरिएको षड्यन्त्रका कारण चितवनका थारुहरु त्यहाँ बाट भारत तर्फ भाग्न बाध्य हुनु परेको थियो ! त्यहाँका स्थानीय आदिवासीहरु अल्पसंख्यक भए ! मधेशीहरुलाई मधेश मैं अल्पसंख्यक बनाउने षड्यन्त्र एउटा राजनैतिक पूर्वाग्रह शुरु भयो !

भारत तर्फ बाट हुने आतंकवादी गतिविधि, डकैती रोक्ने बहानामा नेपाल सरकारले प्रशस्त भू.पु. गोर्खाली सैनिकहरु, ब्रिटिश सेना, भारतीय सेना र नेपाली सेना बाट निवृत भएका हरुलाई मधेश को दक्षिणी भागमा बसाइयो ! मधेश का उब्जाउ भुमि उनीहरुको नाम मा पुनर्वास कार्यक्रम अन्तर्गत दर्ता गराए !(४)

सरकार को दोश्रो बार्षिक योजना सन् १९६२-६५ मा ६,००० परिवारलाई मधेशमा ५०,००० एकड जमिन व्यवस्थित रुपमा बसोबास गराउन लागि बजेट को व्यवस्था गरियो !(५) सन् १९९३ मा मध्य मधेशमा ८०० परिवार लाई पुनर्वास कार्यक्रम अन्तर्गत बसोबास गराउन को लागि सहयोग सम्बन्धि इजराइलसँग सम्झौता गरियो ! पश्चिम मधेशको बाँके, बर्दिया जिल्लाहरुमा पनि सोही कार्यक्रम अन्तर्गत बसोबास गराइयो !(६) फेरी सन् १९६७ मा नेपाल सरकारले इजराइल र अष्ट्रेलिया सरकार सँग ३००० एकड जमिन मा झापा जिल्ला मा भू.पू. सैनिक हरुलाई बसोबास गराउन सम्झौता गरयो !(७) सन् १९६४मा समायोजित पुनर्वासगराउन को लागि नेपाल पुनर्वास कम्पनी स्थापना गरियो ! यस पुनर्वास कम्पनी अन्तर्गत झापा पुनर्वास आयोजना, मोरंग पुनर्वास आयोजना, सर्लाही पुनर्वास आयोजना, नवलपरासी पुनर्वास आयोजना, ताराताल पुनर्वास आयोजना, कैलाली पुनर्वास आयोजना र कन्चनपुर पुनर्वास आयोजना यी सबै आयोजना हरु मधेश का जंगल फडानी गरी दार्जलिङ, आसम, मेघालय र वर्माबाट आएका शरणार्थीहरु, अप्रवासीहरु पहाडी क्षेत्रका लाई बसोबास गराइयो ! जुन व्यक्ति ले यस कम्पनी मार्फत जग्गा पाउन सकेन उनीहरु जंगल फडानी गरी बसोबास गर्न थाले ! उक्त समयमा अधिकारिक रुपले आप्रवासीहरु लाई ७७,००० हेक्टर वन भुमि वितरण गरिए तर २,३७,००० हेक्टर वन भुमि माथि अवैध कब्जा गरिए र जंगल फडानी गरी जबर्जस्ती बसोबास गरे पछि उक्त जग्गा सरकारले उनीहरु कै नाम मा दर्ता गरिदिए !(८)

शाह काल र राणाकालमा आफुले जोतेको जमिन बाट बेदखली गरी दरिद्र बनाएका लाखौ भूमिहीन मधेशीहरु त्यसबेला सुकुम्बसिमा रखिएनन ! मधेश का मधेशीहरु पुनर्वास कार्यक्रमबाट बन्चित रहे ! जसको फल स्वरूप आज मधेशीहरु आफ्नै ठाँउमा अल्पसंख्यक हुन् पुगे !

वि.स. २०१८ र वि.स.२०२८ सालगुणा को जनगणनालाई मात्र तुलना गर्दा गैर मधेशी भाषा भाषीहरु लगभग २० लाख भन्दा बढी लाई मधेश मा बसोबास गराइयो र भाषिक सन्तुलन बिगार्ने काम भयो ! वि.स. २०१८ साल देखिनै मधेश र भित्रि मधेश का २३ जिल्लाहरु मध्ये १४ जिल्लामा गैर मधेशी भाषा भाषीहरुको बहुमत मात्र हैन् कि कुनै कुनै जिल्लामा अढाई बढी सम्म भएको ले स्थानीय भाषा भाषीहरु लोप हुने अवस्थामा पुगेका छन् !

सन् १९५० भन्दा अगाडी अत्याधिक बहुमत रहेका जात जातिहरु सन् १९९१ सम्ममा अल्पसंख्यक भइ सकेका थिए ! पहाड बाट मधेशमा भएको आप्रवास गर्दा र श्री ५को सरकार को भुमि-सुधार, पुनर्वास योजना र वन सम्बन्धी नीति ले गर्दा मधेशका खास गरि थारु, राजवंशी, ताजपुरिया, धिमाल, गनगाई, झाँगड, सतार, दनुवार आदी आदिवासीहरु ले पुस्तौ-पुस्ता देखि जंगल फडानी गरी उब्जाऊ बनाएको जग्गाबाट बेदखी गरी आप्रवासीहरु कै नाम मा अधिकांश जग्गाहरु हस्तान्तरण गरिएको देखिन्छ ! जग्गा पाउनेहरुमा सबै भन्दा बढी क्षेत्री र बाहुनहरू नै छन् ! उदाहरणको लागि झापा जिल्लामा कुल जग्गा पाउने हरु मध्ये क्षेत्री, बाहुन ५०% छन् ! त्यसै गरी कपिलवस्तुमा ७५%, कैलालीमा ४८% उनीहरु नै हुन् ! मधेशका बाँकी जिल्लाहरुमा पनि स्थिति यस्तै छ !(९)

पहाडबाट बसाई सराई गरी मधेश आएका यी उच्च जातीका क्षेत्री, बाहुनहरूले मधेशको परिवर्तित, आर्थिक, राजनैतिक, सांस्कृतिक विकासको क्षेत्र हरुमा महत्वपूर्ण भूमिका खेल्न थाले ! केन्द्र, जिल्ला र स्थानीय स्तरमा पुलिस, प्रशासन, सरकार र सत्तामा उनीहरुकै मजबुत पकड भएकाले मधेशलाई आफ्नो नियन्त्रणमा लिएर निर्णायक शक्तिको रुपमा स्थापित हुन् केहि समय लागेन ! आजको मधेशमा राजनीतिक निकायहरु, प्रशासन यन्त्र, संचार, र उधयोग व्यापार आदिमा उनीहरुकै नियन्त्रण कायम भइसकेका छन् ! सामाजिक, सांस्कृतिक रुपमा उनीहरुको प्रभाव बढ्दै गइरहेका छन् !(१०)

पहाड बाट मधेशमा बढिरहेको आप्रवासन बाट मधेश मा आवादी निकै बढ्न गएको, वन क्षेत्रको विनाश भएर प्राकृतिक असन्तुलन भई पर्यावरणमा नराम्रो असर परेको, मधेश का मूलवासी हरु अल्पसंख्यक हुन् गएको, राजनैतिक रुपमा मधेशी हरु शोषणका हुन् परेको तथा जनसंख्या र सामाजिक संरचना पनि बदलिएको छ !

सन् १९५४ र सन् १९७२ बिचका अवधिमा पूर्वी मधेशका झापा, मोरंग,सुनसरी,सप्तरी र सिरहामा मात्र ५६.६% भन्दा बढी वन क्षेत्र विनाश भएको छ भने जनसंख्यामा ५२% ले वृद्धि भएको छ ! त्यस्तै सन् १९६४ मा मधेशको वन अतिक्रमण ५४% को तुलनामा १३ बर्ष पछि सो ६५.७% पुग्न गयो ! अर्को तर्फ सन् १९६३-१९८१ को दुई दशकमा मधेशको जनसंख्या ११८.५% ले वृद्धि भएको ले वन र जनसंख्याको अनुपात ठुलो परिवर्तन हुन् गएको प्रष्ट हुन्छ ! सन् १९७१मा जनघनत्व प्रति कि.मि. १४०.५ व्यक्ति थियो भने १९८१ सम्म यो वृद्धि भएर २१२.९ व्यक्ति प्रति वर्ग कि.मि. हुन् गयो !(११)

वि.स.२००८साल देखि वि.स.२०६८ साल सम्मको पछिल्लो ६ दशकमा मधेशको समग्र जनसंख्या ५.५८ गुणाले बढ्दै गयो ! साथै मधेशबाट मधेशीहरु भन्दा बढी संख्यामा गैर मधेशी समुदायका व्यक्तिहरु निर्वाचित हुन् थालेका छन् !

जंगलको विनाशबाट मधेशको पर्यावरणमा नराम्रो असर पर्न गएको यहाँ हरेक बर्ष बाढी र सुख्खा को प्रकोप बढिरहेको छ ! हरेक बर्ष नदीले आफ्नो बाटो फेर्दै छ ! कृषि उत्पादन घटिरहेको छ ! वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् कि मधेशको भुमिको उपज क्षमता केहि दशक पछि पुरै समाप्त हुने छ र त्यतिबेला ठुलो संख्या मा गरिने मल खाद्ध हरुको प्रयोग पनि व्यर्थ सिद्ध हुने छ !(१२)

मधेशको जनसंख्यामा पहाडहरुको जनसंख्या बढ्दै र मधेशीहरुको जनसंख्या घट्दै :-

बर्ष वि.स. पहाड़ मधेश
२००८ ६४.८ % ३५.२%
२०१८ ६३.६% ३६.४%
२०२८ ६२.४% ३७.६%
२०३८ ५६.४% ४३.६%
२०४८ ५३.३% ४६.७%
२०५८ ५१.६% ४८.४%
२०६८ ४८.३% ५१.७%

 

मधेशको जिल्लाहरुमा मधेशीहरुको जनसंख्या :-

क्रम संख्या जिला जनसंख्या (मधेशी) प्रतिशत सिर्फ १३ जिलों में ही मधेशियों की संख्या अधिक हैं
१. झापा १,७९,७७० २८.४%
२. मोरंग ३,९५,०५४ ४६.९%
३. सुनसरी ३,५१,३९६ ५६.२%
४. सप्तरी ५,०१,५११ ८७.९%
५. सिरहा ५,००,२३० ८७.८%
६. धनुषा ५,६५,०६२ ८४.२%
७. महोत्तरी ४,७९,४४६ ८६.६%
८. सर्लाही ४,८३,३६० ७६.०%
९. रौतहट ४,७१,७६२ ८६.५%
१०. बारा ४,५३,१६९ ८१.०%
११. पर्सा ४,१६,१८६ ८३.७%
१२. चितवन ७४,१४४ १५.७%
१३. नवलपरासी २,३६,९१० ४२.१%
१४. रुपन्देही ३,९९,७१९ ५६.४%
१५. कपिलवस्तु ३,८१,२७३ ७९.१%
१६. दांग १,६८,८९३ ३६.५%
१७. बाँके २,४३,५८६ ६३.१%
१८. बर्दिया २,४७,२४७ ६४.६%
१९. कैलाली २,९५,१८९ ४७.९%
२०. कन्चनपुर १,१२,६५६ २९.८%
२१. उदयपुर ४०,०३५ १३.९%
२२. सिन्धुली १८,६९९ ६.७%

 

मधेशमा मधेशीहरुको विगत र वर्तमान स्थिति:-

जनगणना १९५२ (वि.स.२००८ साल ) मधेशी जनगणना २०११ (वि.स.२०६८ ) मधेशी
झापा ८०,१५८ ९५% झापा ८,१२,६५० ६०%
बिराटनगर २,२८,७४६ मोरंग ९,६५,३७०
हनुमाननगर २,५४,२८५ सुनसरी ७,६३,४८७
सिरहा १,७६,७४७ सप्तरी ६,३९,२८४
महोत्तरी ४,१८,४३६ सिरहा ६,३७,३२८
सर्लाही १,३४,३४० धनुषा ७,५४,७७७
रौतहट १,८९,२२३ महोत्तरी ६,२७,५८०
बारा २,१०,००७ सर्लाही ७,६९,७२९
पर्सा १,१४,१०७ रौतहट ६,८६,७२२
चितवन ४२,७२४ बारा ६,८७,७०८
नवलपरासी १६,३३९ पर्सा ६,०१,०१७
पालही ८१,११८ चितवन ५,७९,९८४
मझखण्ड १,१७,५७५ नवलपरासी ६,४३,५०८
खजह्नी १,१६,०३९ रुपन्देही ८,८०,१९६
शिउराज ३३,४०७ कपिलवस्तु ५,७१,९३६
देउखुरी ३८,७८९ दांग ५,५२,५८३
दांग ५०,५२६ बाँके ४,९१,३१३
बाँके ८२,४४९ बर्दिया ४,२६,५७६
बर्दिया ५८,३८९ कैलाली ७,७५,७०९
कैलाली ७६,६०४ कन्चनपुर ४,५१,२४८
कन्चनपुर १७,७४५
जम्मा २५,३७,८१३ जम्मा १,३३,१८,७०५

 

 

 

 

Refence:-

  • Dougal: पूर्ववत (पा.टि.न.६ ) पुष्ट न. १६-१७
  • Moran, Kerry: Partnership for Development, 40 years of American Assistants USAID Nepal 1991 P.P. 17
  • Dougal: पूर्ववत (पा.टि.न.६ ) पुष्ट न. १७
  • Dainik Nepal, March, July 5 1972
  • Earnest Robbe, Report to the Government of Nepal on Forestry (Rome, 1964) F.A.O.
  • Mc Dogal: Village and House hold economy farwestern Nepal Kirtipur T.U. 1968 P.P. 14
  • नयाँ सनदेश, १३ जनवरी १९६७
  • HMG National Population Commission, Inter Regional Migration in Nepal Problems and Prospectus, Kathmandu 1984 pp.83
  • Frederick H. Gaige:- Regionalism and National Unity in Nepal 1975 pp 80-81
  • Rishikesh Shaha Guideline from Experiences in Future of South Asia. (Ed. Chopra Pran and el at), Macmillan India Limited Delhi 1966 pp 156.
  • नेपालमा आन्तरिक तथा अन्तराष्ट्रिय बसाई सराई (सारांश र सुझाबहरु) बसाई सराईअध्यन कार्य समुह : राष्ट्रिय जनसंख्या आयोग २०४० पुष्ट २८
  • नव नेपाल (हिन्दी) मार्च-अप्रिल १९९१ पुष्ठ १४

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: